नेपालकी सनि लियोनी भनी चर्चामा अदिती उनको हट एन्ड बोल्ड लुक्सको चौतर्फी चर्चा..हेरौ तस्बिरमा ।

लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो । उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनले ‘कृ’बाट डेब्यू गरेकी थिइन् ।

मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी अदितिको सुन्दरताको निकै चर्चा हुने गर्छ। ५ फिट ५ इन्च उचाइ भएकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् । ‘कृ’मा काम गरेपछि केही नेपाली र पन्जाबी म्युजिक भिडियोमा पनि अभिनय गरेकी अदितिको कभरेज भारतका चर्चित मिडियाहरूले पनि बेला बेलामा गर्ने गर्छन् ।

सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १६ लाख बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ । लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले एक दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन्

केहि महिना पहिला उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो । नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदितिको तुलना बलिउड अभिनेत्री सन्नी लियोनीसँग गरिएको थियो । भारतको एबीपी न्यूजले अदितिका तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि मुम्बैमा बस्दै आएकी अदिति पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर चढेकी थिइन् ।

उनको अभिनय र सुन्दरताले नेपाली युवाहरुलाई लठ्ठ बनाएकी छिन् । अदिति पछिल्लो समय फिल्मका कारण भन्दापनि आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन । उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् ।

५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए । उनको चर्चा सामाजिक संजालमा ग्ल्यामर गर्लको रूपमा पनि हुनेगर्छ ।
हेरौ थप उनको केही चर्चामा रहेका सुन्दर तस्बिरहरु ..

प्रतिक्रिया दिनुहोस