हजरिया समुदायलाई जबरजस्ती हटाउँदै तालिबान

मानव अधिकार पर्यवेक्षकहरूका अनुसार तालिबानहरूले अफगानिस्तानका विभिन्न प्रान्तहरूमा धेरै जना नागरिकहरूलाई उत्पीडन र निकाला गरेको पाइएको छ ।तालिबानहरूले आफ्ना समर्थकहरूलाई जमिन वितरण गर्नका लागि ती जमिनका वास्तविक मालिकहरूलाई जबरजस्ती निकाला गरेका समाचारहरू आइरहेका छन् ।

एएनआई रिपोर्टले अक्टोबर २२ मा एउटा समाचारमा ह्यूमन राइट्स वाचलाई उद्धृत गर्दै लेखेको छ । यसरी आफ्नो ठाँउवाट निकालामा परेका सबैभन्दा धेरै घटनाहरू चाहिँ हजरिया शिया समुदायमा भएको छ । तालिबान हरुले हजरिया शिया समुदायलाई विशेष निशानामा राखेर उत्पीडन गर्दै आएका घटनाहरू अहिले निकै चर्चामा छन् ।

यसका अलावा तालिबानले यसभन्दा अगाडिको सरकारका समर्थकहरूका परिवारलाई पनि विशेष निशानामा राखेर उत्पीडन गर्दै आएका छन् । हेलमन्ड र उत्तरी बाल्ख प्रान्तमा हजरिया समुदायलाई विशेष निशानामा राखेर तालिबानहरूले निकाला र उत्पीडन गर्दै आएका छन् ।

केही परिवारहरूलाई त आफ्नो परम्परागत थलो छाड्न मात्र केही दिनको समय दिइएको र आफ्नै नाममा भएको र भोग चलन गर्दै आएको जमिन पनि कानुनी रूपमा दाबी गर्न दिइएको थिएन । यस्ता घटनाहरू दाइकुँडी र उरुजगान प्रान्तका १५ वटा भन्दा धेरै गाँउहरुमा भइरहेको खबर छ । गत सेप्टेम्बर महिनामा मात्र २८०० जना हजारा शिया समुदायका मान्छेहरूलाई तालिबानले सर्वस्वहरण गरिसकेका छन् । ती समुदायका मान्छेहरूलाई आफ्नो थलो छाडेर जाँदा साथमा भएको अन्न समेत लैजान दिइएको थिएन ।

प्रतिक्रिया दिनुहोस