धिरेन्द्र शाहकी कान्छी छोरी यसरी प्रेमीसँग रोमान्स गर्दै, वेडरुमका नितान्त व्यक्तिगत तस्विरहरु बाहिरिए

धिरेन्द्र शाहकी कान्छी छोरी यसरी प्रेमीसँग रोमान्स गर्दै, वेडरुमका नितान्त व्यक्तिगत तस्बिरहरू बाहिरिए
पूर्व अधिराजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी उशाना शाह ‘बुब्बा शाह’ सामाजिक सञ्जालमा क्रियाशील भइरहन्छिन् । उनी युट्युबर पनि हुन् । उनले आफ्ना गतिविधिको भिडियो युट्युबमा अपलोड गर्छिन् । इन्टाग्राम र युट्युबमा उनी बढी देखिन्छिन् ।

युट्युबर समेत रहेकी उनले पोस्ट गर्ने भिडियोका कारण आजकाल उनी चर्चामा छिन् । तौल बढेपछि दुब्लाउनका लागि गरेका प्रयासहरूलाई उनी सामाजिक सञ्जालमा पोस्ट गर्न भ्याइहाल्छिन् ।

उशाना लैला धिरेन्द्रकी कान्छी श्रीमती सर्लिन् ग्रेनेकी छोरी हुन् । राजा महेन्द्र वीर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीन वटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरू छन् ।

जेठी प्रेक्षा शाहबाट उनको तीन छोरीहरू छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलकी बहिनी हुन् । उनको तर्फबाट पूजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो ।

त्यस्तै, माइली श्रीमती जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो । सर्लिन् ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त गरिएको थियो ।

सलिर्न र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् । उनले हालै फेसबुक मार्फत आफ्नो प्रेमीसँग बेडमा सुतेका तस्बिरहरू शेयर गरेकी छिन् ।

धिरेन्द्रकी कान्छी श्रीमती बेलायतकी हुन् । उशाना प्राय बेलायत नै बस्छिन् । र उनले आफ्नो इन्टाग्राममा प्रेमीसँग मस्ती गरिरहेको तस्बिरहरू पनि राखेकी छन्।

प्रतिक्रिया दिनुहोस