काठमाडौँको एयरपोर्ट नजिकै अचम्म भयो : बिदेशबाट फर्केका अजय रुँदैरुँदै घर जानुपर्‍यो

काठमाडौँ । विदेशबाट ल्याएको सुन र मोबाइल सिनामंगलमा लुटपाट भएको छ। विदेशबाट फर्किएका सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजयकुमार चौधरी लुटिएका हुन्।

कतारबाट फर्केका चौधरीलाई बिहीबार राति ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ आउँदै गर्दा लुटेका हुन्। चौधरी चढेको बा.२ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआइडी हौं’ भन्दै रोकेर आरोपीहरुले कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोबाइल र ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लुटेका हुन्।

लुटमा संलग्नहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले बताए। मोटरसाइकलमा आएका ४ जनाले विमानस्थलदेखि नै फलो गरेर उनलाई लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरले घटनाबारे अनुसन्धान गरिरहेको छ
यस्तै, ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। चोरी आरोपमा प्रहरीले रामेछाप घर भई ललितपुरको गोदावरी नगरपालिका टौखेल बस्ने २४ वर्षीय बिराट राई, २३ वर्षीय विशाल तामाङ र १४ वर्षीय बालक समेत पक्राउ परेका छन्।

उनीहरूले ललितपुर महानगर वडा १९ कुमारीपाटीस्थित एसआर स्टोर, लुनार एजुकेशन कन्सल्टेन्सी, केकेएफसी रेष्टुरेण्ट, लाइट फोटो स्टुडियो, कोपिके लाफिङ सेन्टर नामक होटलमा चोरी गरेको आरोप छ।त्यस्तै, टौखेलस्थित रिता थापा क्षेत्रीको घरबाट समेत चोरी गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस