भारतमा इलेक्ट्रिक सवारी साधन उत्पादनमा बेलायतको ठुलो लगानी

एलइभीसी, लन्डन इलेक्ट्रिक भेहिकल कम्पनीले आधिकारिक रूपमा नै आफ्नो कम्पनी भारतमा जाने भएको बताएको हो । उक्त कम्पनीले भारतमा एक्सक्लुजिभ मोटर्स संग साझेदारी गर्ने र रेन्ज धेरै भएका इलेक्ट्रिक गाडीहरू टिएक्सको निर्माण गर्ने बताइएको छ । टिएक्सको रेन्ज १०१ किलोमिटर हुने र सहरी परिवहनका लागि सहज हुने बताइएको छ ।

कार उत्पादनमा सन् १९०८ बाट नै पहिलो ब्ल्याक क्याबको निर्माण गरेको एलइभीसीले अहिले आएर सबै ट्याक्सीहरूलाई विद्युतीय बनाउने घोषणा गरिसकेको छ । एलइभीसीले भारतमा व्यापक बजार बिस्तार र लगानी गर्दै भारतीय बजारमा रोजगारीका नयाँ सम्भावनाहरू समेत ल्याउन लागेको छ ।

उता कार उत्पादन गर्ने अर्को एक्सक्लुजिभ कम्पनीले जगुवारले पनि भारतमा आइपेस इलेक्ट्रिक भेहिकलको बुकिङ नै खुल्ला गरिसकेको छ । अर्को बेलायतको विद्युतीय कार निर्माता कम्पनी मिनीले भारतीय कम्पनी इलेक्ट्रिक कुपरसंग मिलेर लक्जरी इलेक्ट्रिक कार उत्पादन गर्ने घोषणा गरिसकेको छ ।

बेलायतका टेक र मोबिलीटी कम्पनीहरूले भारतमा ठुला लगानी गर्न चाहिरहेका हुन् । बेलायत र भारतका प्रधानमन्त्रीहरू नरेन्द्र मोदी र वोरिस जोनसनको यसै वर्ष भएको सन् २०३० रोडम्याप सम्झौताका फलोअप अनुरूप यी विकासहरू भइरहेका बताइन्छ । सस्टेनेवल सोल्यूशन कम्पनी पोलिमिट्राले भारतमा प्लास्टिक रिसाइकल गर्ने विशेष ल्याबको स्थापना गर्ने भइसकेको छ । उक्त कम्पनीले आफ्नो लाइफ साइकल टेक्नोलोजी अनुसार काम गर्ने र काम गर्दा भारतको सेन्ट्रल इन्सटिट्यूट अफ पेट्रोकेमीकल इन्जिनियरिङ एन्ड टेक्नोलोजी र भारत सरकारको केमिकल र फर्टिलाइजर मन्त्रालयको समन्वय र सुपरिवेक्षणमा गर्ने बताइएको छ ।

पोलिमिट्रा कम्पनीका सिइयो निल डुनेले हिन्दुस्तान टाइम्सलाई भारतको सेन्ट्रल इन्सटिट्यूट अफ पेट्रोकेमीकल इन्जिनियरिङ एन्ड टेक्नोलोजी पहिलेदेखि नै आफ्नो कम्पनीको रिसर्च पार्टनर भएको बताएका छन् ।

वायोड्रेगेबल प्लास्टिक कप लाई कम्पनीले भारतीय प्रयोगकर्ताहरूका लागि आफ्नो पहिलो उत्पादनका रूपमा ल्याउँदै छ । यी कपहरू सहजै वायोड्रेगेबल भएको र साबिकको मूल्य भन्दा केवल १५ प्रतिशत मात्रै बढी मूल्यमा पाइने बताइएको छ । कम्पनीको लिभिंग ल्याबको चेन्नईमा लागु गरिने बताइएको छ, त्यहाँ वैज्ञानिकहरूले वायोड्रेगेबल प्याष्टिकको उत्पादन र रिसर्च गर्नेछन् ।
बेलायत र भारतले १८ मिलियनको व्यापार साझेदार गरिरहेका छन् भनेँ आगामी सन् २०३० सम्मा यो डबल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस