विवाहको ७ महिनासम्म श्रीमानले नछोपछि युवती पुगिन् अदालत, युवकको बयानले न्यायाधीश नै चकित

काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) ले धेरैको परिवार बर्बाद बनाएको छ । यो बीचमा कतिपयले विहे पनि गर्न पाएका छैनन् । यो भिडमा एक–एक जवान व्यक्तिको कोरोना अवधिमा विवाह भएको थियो । विवाहपछि ससुराली पक्षका मान्छेहरू कोरोना संक्रमित भएको खुलेको थियो ।

संक्रमणको डरले विवाहपछि ति युवकले आफ्नी श्रीमतीसँग पनि सामाजिक दुरीको नियम पालन गरिरहेका थिए । उक्त युवकलाई कोरोनाको यति धेरै डर लाग्थ्यो कि उनी आफ्नी भर्खर भएकी श्रीमतीको आसपास जान पनि डराउन थालेका थिए ।

श्रीमानको उक्त व्यवहारले हैरान भएकी ति युवती रिसाइन् । केही दिन पछि, क्रोधित नयाँ दुलहीले युवकको घर अर्थात आफ्नो घर छोडेर माइती घर गइन् । किनभने विवाह भएको लामो समयसम्म पतिले त्यस समयमा वैवाहिक दायित्वहरू कहिल्यै पूरा गरेनन ।

माइतीबाट बिदाई भएर गएको पाँच महिना पछि केटीले अदालतमा पुगेर सम्बन्ध विच्छेदको लागि आवेदन दिइन् । डिसेम्बर २ मा दायर गरेको सम्बन्धविच्छेदको आवेदनमा श्रीमतीले भनिन् कि पतिले फोनमा राम्रो कुरा गर्छन तर कहिले नजिक आउँदैनन् ।

यस बारे पति र पत्नी बीच अक्सर विवाद हुने गरेको थियो । दुवैको विवाह २९ जुन २०२० मा भएको थियो । उनले घरमा आफुलाई दुःख दिएको आरोप पनि लगाएकी छिन् । त्यसपश्चात कुटम्ब अदालतमा दुबैको परामर्श सुरु भएको थियो ।

माइत पुगेर सबै कुरा खोलिन्
केटीले माइतीघर पुगेर परिवारलाई सबै कुरा बताइन् । केटा यस विषयमा कसैसँग पनि कुरा गर्न कहिल्यै तयार थिएनन् । यस्तो अवस्थामा विवाद झनै गम्भीर भयो ।

केटीपक्षको परिवारले छोरीको सम्पूर्ण जीवन बाँकी रहेको बताउँदै अहिले नै यस्तो अवस्था रहेको हुँदा पछि झन कस्तो होला भनेर सम्बन्धविच्छेदको कुरामा पुगेका हुन् । त्यस पछि उनीहरु अदालतमा सम्बन्धविच्छेदको कुरा लिएर गएका हुन् ।

पुरुषार्थको प्रमाणपत्र
कुटुम्ब अदालतले दुबै परिवारलाई पत्नीको आरोपमा परामर्श दिएको छ । त्यहि समयमा पतिलाई परामर्शको क्रममा मेडिकल परीक्षण गर्न सल्लाह दिइयो । पति मेडिकल परीक्षणमा सफल भएका छन् । उनले त्यसको प्रमाणपत्र अदालतमा पेश गरेका छन् ।

उक्त प्रमाणपत्र अनुसार उनी पूर्ण तवरले ठिक भएको देखिएको छ । अदालतले पत्ता लगायो कि महिलाको आरोप गलत थियो । त्यसपछि अदालतले ती दुई परिवारलाई सम्झाएर उक्त महिलालाई उनका पतिसंगै उसको श्रीमानको घर पठाएको हो । उनीहरु दुबैको कोरोना परीक्षण गर्न भनिएको थियो ।

पत्नीसँग डराएर गएनन्
भारतीय सञ्चारमाध्यमहरुका अनुसार, परामर्शको क्रममा पतिले अनौठो खुलासा गरेका छन् । उनले आफ्नी श्रीमतीको परिवारका सदस्यहरु कोरोना संक्रमित भएको खबरले आफु डराएको बताएका छन् । यसैले आफु श्रीमतीको नजिक जान नमानेको स्पष्ट पारेका छन् ।

आफु र श्रीमतीका रोग प्रतिरोधात्मक क्षमता धेरै भएका कारण कोभिड–१९ का कुनै लक्षणहरु नदेखिएको उनको विश्वास रहेको थियो । श्रीमान्‌ले सोचे कि जब पत्नीको वरपरका मानिसहरु सकारात्मक हुन्छन्, पत्नी पनि संक्रमित हुनुपर्छ । त्यस डरले गर्दा उनी चाहेर पनि श्रीमतीकहाँ जान सकेनन् ।

प्रतिक्रिया दिनुहोस