हाइपरसोनीक मिसाइल निर्माण गर्ने विश्वका थोरै देशहरूमा भारत पनि रहेको अमेरिकी कंग्रीगेशनल रिपोर्टको ठहर

वासिंगटनः एउटा स्वतन्त्र अमेरिकी कंग्रीगेशनल रिपोर्टका अनुसार भारत विश्वमा हाइपरसोनीक मिसाइल निर्माण गर्ने विश्वका थोरै देशहरूमा पर्ने बताइएको छ । सोही रिपोर्टका अनुसार भर्खरै परमाणु सहितको हाइपरसोनीक मिसाइल परीक्षण गरेको, उक्त मिसाइलले पृथ्वीको चक्कर मार्दा अमेरिकी इन्टेलीजेन्सले पत्ता लगाएको पनि दाबी गरेको हो ।

द इन्डिपेन्डेन्ट अमेरिकी कंग्रीगेशनल रिसर्च सर्भिस सीआरएसका अनुसार विश्वमा अमेरिका, रुस र चीनले अत्यधिक विशिष्ट हाइपरसोनीक हतियार कार्यक्रम लागु गरेका छन् र अन्य देशहरू भारत, फ्रान्स, जापान, अस्ट्रेलिया, जर्मनले पनि हाइपरसोनीक हतियार विकास गरिरहेका छन् ।

उक्त रिपोर्टका अनुसार अस्ट्रेलियाले अमेरिकासँग हाइपरसोनीक हतियार विकासका लागि साझेदारी गरेको हो भनेँ भारतले रुससँग यस्ता हतियार विकासका लागि साझेदारी गरेको छ । भारतले बहोमस २ र मार्च ७ जस्ता हाइपरसोनीक मिसाइल निर्माणका लागि रुससँग साझेदारी गरेको यस रिपोर्टले ठहर गरेको छ । बहोमस २ सन् २०१७ मा नै विकास भइसक्नुपर्ने निर्धारित समय भएतापनि ढिलाइका कारणले सन् २०२५ देखि सन् २०२८ सम्म विकास भइसक्ने दाबी उक्त अमेरिकी रिपोर्टले गरेको छ ।

उक्त रिपोर्टका अनुसार भारतले डयूल क्यापेवल हाइपरसोनीक मिसाइल विकास गरेर सन् २०१९ जुन र सेप्टेम्बर सन् २०२० मा परीक्षण गरिसकेको छ । उक्त डयूल क्यापेवल हाइपरसोनीक मिसाइलको नाम चाहिँ मार्च ६ स्क्रामजेट रहेको उक्त रिपोर्टले जनाएको छ ।

भारतसँग १२ हाइपरसोनीक विन्ड टनेलहरू रहेका अमेरिकी कङ्ग्रेसका स्वतन्त्र सदस्यहरू सम्मेलीत उक्त रिपोर्टले जनाएको छ ।
उता चीनले पनि हाइपरसोनीक मिसाइल परीक्षण गरेको यस हप्ता फाइनान्सीयल टाइम्सले लेखेको थियो यद्धपी चीनका अधिकारीहरूले यसलाई गलत बताएका छन् । चीनले हाइपरसोनीक भेहिकल जाँच गरेको र त्यो हाइपरसोनीक मिसाइल नभएको बताएको हो । बेलायती पत्रिका फाइनान्सीयल टाइम्सले चाहिँ चीनले परीक्षण गरेको हाइपरसोनीक मिसाइल आफ्नो लक्ष्यभन्दा दुई दर्जन माइल अगाडि खसेको भनी यसै हप्ता प्रकाशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस