लक्ष्मी पूजाका दिन भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र वर्षभरी आइपर्छ संकट

काठमाडौँ । लक्ष्मीपूजाको दिन दिन हिन्दुहरुले आफ्नो घरमा माता लक्ष्मीको पुजा आराधना गर्छन्, जसले गर्दा माताको कृपा प्राप्त भएर धन-सम्पत्ति प्राप्ती हुन्छ ।

धार्मिक ग्रन्थहरुमा तिहारसंग सम्बन्धित केही त्यस्ता विशेष कुराहरुको जानकारी दिइएको छ, जसलाई अपनाएर तपाईं आफ्नो जीवनको सम्पुर्ण समस्यालाई कम गर्न सक्नु हुन्छ।

यदि तपाईं पनि माता लक्ष्मीको कृपा आफ्नो परिवारमा रहोस् भन्ने चाहानु हुन्छ भने तपाईंले पनि शास्त्रहरुमा भने अनुरुप यी विशेष नियमहरुलाई पछ्याउनु आवश्यक छ।

घरको झ्याल र ढोका

लक्ष्मी पूजाको दिन घरको मुख्य झ्याल र ढोका खुल्ला राख्नु पर्छ, जसले तपाईंको घरमा सुख र शान्ति कायम रहन्छ । घरको मुख्य ढोका अगाडि रंगोली बनाउनु पर्छ। मुख्य ढोकाको उत्तर दिशामा रातो अबिरले स्वस्तिक बनाउनु पर्छ, त्यसो गर्दा अति शुभ हुन्छ।

सरसफाई

पूजामा प्रयोग हुने किताब र अन्य कुराको सरसफाई लक्ष्मी पूजाको दिन बिहान नै गर्नु पर्छ। साँझ परेपछि घरको कुनै ठाउँको पनि सरसफाई गर्नु हुँदैन। त्यसो गर्नाले माता लक्ष्मी रिसाउँछिन् भन्ने धार्मिक मान्यता छ।

नुन र पानी मिसाएर छर्कनु पर्छ

लक्ष्मी पूजाको दिन घरमा नुन पानी छर्कनु पर्छ । लक्ष्मी पूजाको दिन बिहान नुन पानी छर्कनु पर्छ । त्यसो गर्दा घरको वातावरण शुद्ध हुन्छ । वर्षभरी प्रवेश गरेका नकारात्मक शक्तिहरुबाट पनि मुक्ति मिल्छ ।

मूर्ति स्थापना

लक्ष्मी पुजाको समय मन्दिरमा राखिने गणेश र लक्ष्मीको मूर्तिलाई घरको उत्तर दिशामा स्थापित गर्नु पर्छ । लक्ष्मी पूजा गर्दा कुवेरको मुर्ति स्थापना गर्न बिर्सनु हुँदैन। उत्तर दिशातर्फ मूर्ति स्थापना गरेर पूजा गर्दा दुई गुणा फल प्राप्त हुनुको साथै घरको वास्तु दोष पनि समाप्त हुन्छ।

कालो रंगको वस्त्र

लक्ष्मी पूजाको दिन कालो रंगको वस्त्र लगाउनु हुँदैन। विशेष गरेर पूजा गर्दा कालो रंगको कुनै पनि वस्तु प्रयोग गर्नु हुँदैन। कालो रंगका वस्तुको प्रयोगले माता लक्ष्मी रिसाउन सक्छिन्, जसको नराम्रो परिणाम तपाईले बर्ष भरि नै भोग्न पर्ने हुन सक्छ।

फुटेका भाँडा

लक्ष्मी पूजाको दिन फुटेका भाँडाको प्रयोग गर्नु हुँदैन। घरमा आएका पाहुनालाई फुटेका भाँडामा खाना खान दिनाले पनि घरमा गरीवी बढ्छ र जीवनमा वास्तुदोष उत्पन्न हुन्छ।

खन्डित मूर्ति

पूजाको समयमा कुनै पनि भगवानको मूर्ति खन्डित छ कि छैन भन्ने कुरा ध्यान दिनु पर्छ। खन्डित मूर्ति र तस्वीरको पूजा गर्नाले देवी-देवता रिसाउछन्।

गणेश पूजा

गणेश भगवान विवेक र बुद्धिको प्रतीक हुन् र लक्ष्मीलाई धन–सम्पत्तिको देवी मानिन्छ। धन–सम्पत्ति सधैं त्यहि व्यक्तिसंग मात्र टिक्छ, जसले सोच विचारका साथ काम गर्छ। त्यसैले भगवानसंग धन पदार्थ माग्नु पुर्व त्यसलाई सम्भालेर राख्नको लागि बुद्धि माग्नु आवश्यक छ।

यसरी लक्ष्मी पुजाको दिन यी वास्तु टिप्सलाई ध्यान दिएर पूजा गर्नाले तिहारमा मात्र होइन वर्षभरी नै शुभ र खुशी रहनु हुन्छ।

प्रतिक्रिया दिनुहोस