पाकिस्तानमा मुद्रास्फिति ईमरान खानको नेतृत्वमा ७० वर्ष यताकै सबैभन्दा धेरै

पाकिस्तानको स्थानीय मिडियाहरूका अनुसार पाकिस्तानमा अहिले आएर ७० वर्ष यताको सबैभन्दा धेरै मुद्रास्फिति भएको छ । पछिल्ला ३ वर्षमा बढेको मुद्रास्फिति को दरले पछिल्ला ७० वर्षको रेकर्ड तोडेको हो । न्युज इन्टरनेशनल का अनुसार घ्यू, चीनी, पीठो, कुखुराको मासु लगायतका कुराहरूको भाउ दोब्बर भन्दा बढिले बढेको छ ।

फेडरल ब्युरो अफ स्टेटिक्टीक्सका अनुसार अक्टोबर २०१८ देखि अक्टोबर २०२१ सम्म बिजुलीको बिल प्रतियुनिट ५७ पैसाले बढेको छ । ४ दशमलव शून्य ६ रुपैंया प्रतियुनिटबाट ६ दशमलव ३८ रुपैंया प्रतियुनिट भएको छ ।
सन् २०१८ अक्टोबर महिनाको पहिलो क्वाटरबाट एलपीजी ग्याँसको मूल्य पनि ५१ प्रतिशत सम्मले बढेको छ ।

पछिल्लो ३ वर्षमा पेट्रोलको मूल्य ४९ प्रतिशतले बढेको छ । पछिल्ला ३ वर्षमा घ्यूको मूल्य पनि १०८ प्रतिशतले बढेको छ । अहिले पाकिस्तानी रुपैंया ३५६ प्रतिकेजीमा घ्यू पाइन्छ । चीनीको मूल्य पछिल्ला ३ वर्षमा ८३ प्रतिशतले बढेको छ । ५४ रुपैंया प्रतिकेजीमा पाइने चीनी अहिले आएर पाकिस्तानमा १०० रुपैँया प्रतिकेजीको भएको छ ।

प्रतिक्रिया दिनुहोस