भारतको ताजमा कश्मीर नयाँ गहना ः जम्मु र कश्मीर भ्रमण गर्न भारतीयहरूलाई अमित शाहको अनुरोध

अक्टोबर २८, नयाँ दिल्ली यस वर्षको पहिलो हिमपात जम्मु र कश्मीर मा भएको छ, त्यहाँका जमिनहरू सेतो पछ्यौरा भित्र भएको जस्तो देखिन्छन् भन्दै युनियन होम मिनिस्टर अमित शाहले जम्मु र कश्मीर भ्रमण गर्न भारतीयहरूलाई अनुरोध गरेका छन् ।

जम्मु र कश्मीर लाई आउँदा भ्रमण तालिकाको आफ्नो पर्यटकीय गन्तव्यमा राख्न अनुरोध गर्दै अमित शाहले भारतको ताजमा कश्मीर नयाँ गहना भएको बताएका हुन् ।कश्मीर को पिर पन्जाल हिमालय रेन्जको तस्बिरहरू ट्विटर मा शेयर गर्दै अब जम्मु र कश्मीर पर्यटकहरूलाई स्वागत गर्न तयार रहेको अमित शाहले बताएका हुन् ।

मगंलबार मात्र सकिएको ३ दिने जम्मु र कश्मीर को भ्रमणबाट अमित शाह फर्किएको बताइन्छ, दिल्ली फर्कने क्रममा फ्लाइटका दौरान केही तस्बिरहरू अमित शाहले खिचेका हुन् । आर्टिकल ३६० लागु भएपछिको यो अमित शाहको पहिलो जम्मु र कश्मीर भ्रमण थियो ।

प्रतिक्रिया दिनुहोस