तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?दैनिक राशिफल पढेर जान्नु होस।।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । खर्च बढ्ने, विबाद बढ्ने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ काममा हात हाल्ने समय छ । यात्राको अवसर पनि मिल्न सक्छ । धनको लाभ पनि होला । मनमा हौसला बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । प्रयत्नले धन कमाउने अवसर मिल्ने छ । व्यापारमा गरेको लगानि सन्तोस प्रद रहनेछ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान सम्मान र प्रतिष्ठा बढ्नेछ । कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ । वादविवाद, झै झगडामा पर्न सकिन्छ, सावधान रहनु होला । नसोचेको ठाउँमा धनको नाश हुने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नयाँ काममा हात हाल्ने समय छ । साथै, धार्मिक र सामाजिक काममा समय बित्नेछ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । कृषि चौपायाबाट हानि पुग्न सक्छ । बन्द व्यापारमा घाटा देखिन्छ, रोगले पनि सताउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने समस्याको हल हुने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला । धन मनग्य कमाउने अवसर मिल्नेछ । सोच्ने शक्ति बढ्ने छ । ब्यापारमा उन्नती पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस