२१ हप्तामै जन्मियो बच्चा, छोटो अवधिमा जन्मिएको बच्चाको वजन अधा केजीभन्दा कम!

अमेरिकामा समय अगावै गतवर्ष एक बच्चाको जन्म भएको थियो। उक्त बच्चाको वजन जन्मिँदा आधा केजीभन्दा कम थियो।२१ महिनामै जन्मिएका कर्टिस मिन्सको नाम यतिबेला गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा लेखिएको छ। जन्मिँदा ४२० ग्राम वजन भएका उनी विश्वमा सबैभन्दा छोटो अवधिमा समय अगावै जन्मिएको बच्चा हुन्।

जब उनको जन्म भएको थियो। कर्टिसको मृत्यु हुने संभावना धेरै रहेको बताइएको थियो। तर भेन्टिलेटरमा २७५ दिनसम्म राख्दा उनको ज्यान जोगियो।हाल कर्टिसको पहिले र अहिलेका तस्बिरहरु निकै भाइरल भइरहेका छन्।

मैले एमाले छाडेको छैन, माधव नेपाल भात खान मात्रै आएका हुन्– द्वारिकलाल चौधरी
खबरमुकाम । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एमाले छाडेर कतै नजाने बताएका छन् ।आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको टिम आफू कहाँ भात खान मात्र आएको र यसैको आधारमा एमाले छाडेको भन्न नमिल्ने बताएका हुन् ।

आफू स्थानीय सरकारको प्रमुख भएकाले जुनसुकै पार्टीको भएपनि उनीहरुलाई स्वागत गर्नु आफ्नो कर्तव्य भएको चौधरीले बताए । ‘एमालेकै भए पनि अरु पार्टीका भए पनि स्वागत गर्नु मेरो कर्तव्य हो । माधव नेपाल पनि राष्ट्रिय नेता हुन्, मुख्यमन्त्रीसँगै उनलाई पनि घरमा स्वागत गरेका हुँ,’ चौधरीले भने ।

गत कात्तिक २६ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई चौधरीको इटहरीस्थित घरमा पुगेर खाना खाएका थिए । केही समयदेखि पार्टीमा असन्तुष्ट देखिएका चौधरीले अध्यक्ष नेपालको टिमलाई लन्च पार्टी दिनुलाई पार्टी वृत्तमा उनी नेकपा (एस) मा प्रवेश गर्ने आशंका गरिएको थियो ।

एमाले सुनसरीको कात्तिक २४ मा बसेको बैठकमा असन्तुष्टि जनाउँदै माइक खोसेर बैठक बहिष्कार गरेका चौधरी एमाले छोड्न लागेको चर्चा चलेसँगै नले आफू एमालेकै कार्यकर्ता भएकाले दायाँ बायाँ कतै नलाग्ने बताएका हुन्।

 

प्रतिक्रिया दिनुहोस