१ करोड भारुमा बिक्री भयो कृष्णा साँढे, मालिक भन्छन्-मासिक २४ लाख भारुको वीर्य दिन्छ

बैङ्लुरु: एक साँढे भारतको बैङ्लुरुमा आयोजित चार दिने कृषि मेला-२०२१ को मुख्य आकर्षण बनेको छ । करिब १ करोड मूल्यको सो साँढे कृषि मेलाको मुख्य आकर्षण बनेको हो।

करिब ३ वर्ष ५ महिनाको कृष्णा नामक सो साँढे हेर्नेहरुको घुँइचो लागेको बताइएको छ। सो साँढे करिब १ करोड भारतीय रुपैयाँमा बिक्री भएको र साँढेको वीर्यको माग अत्याधिक रहेको साँढे मालिकले भारतीय सञ्चारमाध्यमसँग बताएका छन्।

हल्लिकर जातको सो साँढे निकै दुर्लभ भएको बताइएको छ। एएनआई न्युजका अनुसार सो साँढेले मासिक २४ लाख भारु मुल्य बराबरको वीर्य दिने गरेको छ । एक डोज वीर्य १ हजार भारुमा बिक्री भइरहेको साँढे मालिकले एएनआइसँग बताएका छन्।

लमजुङ – हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृxत्यु भएको छ । रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका(८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृxत्यु भएको प्रहरीले जनाएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेको थियो ।

लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए । तिलिचो ताल ९४,९१९ मिटर० भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारको क्रममा थापाको मृxत्यु भएको हो ।

दुखद खबर एकादशी मेलाका लागि १८ जना सवार बोलेरो पल्टियो,१७ वर्षीया युवतिसहित तीनजनाको मृxत्यु, दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगियो
तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन ।

प्रहरी प्रमुख काफ्लेले बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताउनुभयो । दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारीदिनुभयो । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लाको सुनकोशी –९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस