विवाहको दिन जन्ती लिएर बेहुला आएनन्, बेहुलीनै बेहुलाको घरमा पुगेपछि …

काठमाडौँ विवाहको दिनमै बेहुलाले धोका दिएपछि भारतमा एक बेहुली वेहुलाकै घरमा गएर धर्ना दिएकी छन् । विवाहको दिन जन्ती लिएर आउनुपर्ने वेहुला नआएपछि बेहुली उनकै घरमा गएकी हुन् । भारतको बरमपुरमा दुलही आफ्नी आमासँग दुलहाको घरमा धर्ना दिन पुगेकी हुन् । दुलहीले विवाहको दिन दुलहा जन्ती लिएर उनको घर नपुगेको आरोप लगाएकी छिन् ।

यसैकारण आफू सिधै दुलहाको घरमा जानु परेको उनले बताएकी छिन् । भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचार अनुसार यी दुईले केही दिन अघि अदालती विवाह गरेका थिए र दुबैको परिवारले विशेष व्यक्तिहरुको उपस्थितिमा पारम्परिक हिन्दु रिति–रिवाजमा पुनः विवाह गर्ने निर्णय गरेका थिए ।

दुलहाको घरमा धर्ना दिन पुगिन् दुलहीः
दुलहीका अनुसार उनको परिवारले जन्तीको घण्टौं प्रतिक्षा गरे । साथै दुलहीले थुप्रै पटक दुलहीलाई फोन र मेसेज पनि पठाइन् । उनका अनुसार दुलहाले न त फोन उठाए न मेसेजको जवाफ दिए, न नै उनको घरमा जन्ती आयो । त्यसपछि उनी आफ्नी आमासँग सिधै केटाको घरमा पुगिन् र धर्ना दिन थालिन् ।

सूचना पाएपछि प्रहरी दुलहाको घरमा पुगे र दुलहीलाई सम्झाउने प्रयास गरे । तर यी दुई प्रहरीमाथि नै खनिए र दुलहाको परिवारबाट घुस लिएको आरोप पनि लगाए । यो मामिलामा बहरमपुरका एसपी पिनाक मिश्राका अनुसार महिलाले उनको विवाह सुुमित नामका युवकसँग भएको बताएकी छिन् । महिलाले पहिला पनि कुनै मामिलामा प्रहरीसमक्ष उजुरी दर्ता गरिसकेकी छिन् । युवतीले युवकविरुद्ध उनको परिवारविरुद्ध पुनः उजुरी दर्ता गरेकी छिन् । यसबारे अनुसन्धान सुरु भइसकेको छ । प्रहरीका अनुसार अदालतको निर्देशनको आधारमा कारवाही गरिनेछ ।

दुलहीका अनुसार उनले र सुमितले ७ सेप्टेम्बर सन् २०२० मा अदालतमा विवाह गरेका थिए । उनका घरका सदस्यले उनलाई पहिलो दिनदेखि नै प्र ता डित गरिरहेका थिए । सुरुमा उनका श्रीमानले उनलाई साथ दिएको तर पछि उनी आफ्नो परिवारको लहलहैमा लाग्न थालेको उनले आरोप लगाइन् ।

उनले भनिन्, ‘मलाई थुप्रै पटक त ना व दिइयो र कोठामा बन्द गरियो । त्यसपछि मैले प्रहरीमा उजुरी दिएँ । तर पछि दुई परिवारबीच सम्झौता भयो । २२ नोभेम्बरमा विवाहको मिति निश्चित भएको थियो । तर उनीहरु जन्ती लिएर आएनन् त्यसैले म आफ्नी आमासहित यहाँ आउनुपरेको हो ।

प्रतिक्रिया दिनुहोस