एक मुठ्ठी चामलले बदल्न सक्छ, तपाइँको भाग्य हेर्नुहोस् एक मुठी चामलको चमत्कार,,:

चामललाई अक्षता पनि भन्ने गरिन्छ। अक्षताको अर्थ हुन्छ नभाचिएको। जसको रंग सेता हुनु परयो। पुजाका लागि अक्षताको प्रयोग अनिवार्य छ। कुनै पनि पुजाको समयमा गुलावी, पहेलो, अबीर तथा सिन्दुर अर्पित गरेपछि अक्षता चढाउने गरिन्छ। अक्षता नभएमा पुजा पूर्ण नहुने धार्मीक विश्वास छ। पुजामा चामलको निकै महत्व छ। भगवानलाई त झन यो अर्पित गरिन्छ। साथै कुनै व्यक्तिलाई टिका लगाउन पनि चामलको प्रयोग गरिन्छ। भोजनमा पनि चामलको प्रयोग गरिन्छ।

सिन्दुर, गुलाबी, अबिर र पहेलो रंग जस्तै चामलमा कुनै विशिष्ट सुगन्ध हुँदैन्। तर यसको विशेष रंग हुन्छ। अन्तः मनमा यो जिज्ञासा उठ्न छ की पुजामा अक्षताको प्रयोग किन गरिन्छ ? अक्षतालाई पूर्णताको प्रतिकका रुपमा लिइन्छ। जुन भाच्चिएको नहुनु पर्यो। चामल अन्नमा सबै भन्दा श्रेष्ठ मानिएकाले पनि भगवानलाई चढाइने गरिन्छ। अक्षता चढाउने समयमा हाम्रो भावनामा आउने गर्दछ की कुनै पनि अन्न प्राप्त हुन्छ, जुन भगवानको कृपाले गर्दा प्राप्त हुन्छ। अन्न मध्ये चामललाई मुख्य अन्न मानिने भएकाले यसको प्रयोग गरिन्छ। त्यस्तै सेतो रंग शान्तिको प्रतिक हो।

त्यसैले चामल सेतो भएका कारण हाम्रा प्रत्येक कार्यमा शान्ति प्राप्त होओस् भनेर पनि अक्षताका प्रयोग गरिन्छ।भगवानलाई चामल चढाउदा ध्यान दिनु पर्ने कुरा भगवानलाई चढाउने चामल नभाच्चिएको हुनु पर्दछ। अक्षता पूर्णको प्रतिक हो। चामल सफा र स्वच्छ हनु पर्यो। शिवलिंगमा चामल चढाउदा शिव प्रसन्न भएर भक्तलाई अखण्डित चामल जस्तै अखण्डित धन, मान र सम्मान प्रदान गर्दछन्।

अक्षता चढाउदा जप गर्नु पर्ने मन्त्र
अक्षताश्व सुरक्षेष्टकुङ्कमाक्ताः सुशोभितः ।
माया निवेदिता भक्त्याः गृहाण परमेश्व ।।

यसैगरी करोडपति मानिस बन्नका लागि कर्म गरेर मात्रै हुँदैन योग पनि मिलेको हुन्छ । ज्योतिषशास्त्रकाअनुसार करोडपति मानिसहरु राजयोगका हुन्छन् जुन ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग दिब्य हुन्छ यस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ यो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् ।

यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग । यो योगको निर्माण शुक्रले गर्छ ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ ।

जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुनसक्ने ज्योतिषशास्त्रले भनेको छ यी राशी भएका मानिसहरु विपन्नन्न परिवारमा जन्मिएपनि करोड पति हुन्छन् । हरेक ग्रहको आफ्नै विशेषता हुन्छ । ग्रहसँग राम्रो र नराम्रो स्वभावहरू छन्, जो व्यक्ति अनुसारमा अलग देखिन्छ । यी लक्षणहरू बुझेर हामी त्यो व्यक्तिको ग्रहहरू चिन्न सक्छौं । यसका लागि ध्यान व्यक्तिको प्रकृति र बानीमा ध्यान दिनुपर्दछ । शनिको लक्षण धेरै स्पष्ट छ, जसलाई पहिचान गर्न सजिलो छ ।

कसरी थाहा पाउने कि हाम्रो शनि अशुभ छ ?त्यस्ता व्यक्तिसँग कठोर आवाज र स्वभाव हुन्छ । ति व्यक्तिहरुको कपाल सुख्खा हुन्छ । काममा बेवास्ता गर्ने स्वभावका व्यक्तिहरु हुन्छन् । सामान्यतया जीवनको कुनै पनि प्रमुख घटनापछि जीवन परिवर्तन हुन्छ । शनि अशुभ भएका व्यक्तिहरु कम काम गर्ने र जीवनमा गलत कार्यहरू गर्छन् । कदम, कदममा तपाईंले संघर्षको सामना गर्नुपर्छ । एक परिस्थितिमा त्यस्ता व्यक्तिले जीवनमा एक्लोपन महसुस गर्दछन् । कसरी थाहा पाउने शनि हाम्रो लागि शुभ छ ?शनि ग्रह शुभ भएका व्यक्तिहरु अग्लो र दुब्लो हुन्छन् । त्यस्ता व्यक्तिको कपाल बाक्लो हुन्छ । व्यक्ति अनुशासित र लगनशील हुन्छन् । त्यस्ता व्यक्तिहरु ठूलो परिश्रम गरेर अगाडि बढ्छन् ।

सामान्यतया जीवनको बीचमा उनीहरु आध्यात्मिक पनि हुन्छन् । कानून, यातायात वा आध्यात्मिकतासँग सम्बन्धित व्यक्तिहरुका लागि शनि शुभ हुन्छ । ढिलाइबाट भए पनि धेरै पैसा प्राप्त गर्दछन् । कसरी जान्ने कि अहिले शनिले शुभ परिणाम दिइरहेको छैन ?घरहरू ओसिलो हुन थालेपछि परिणाम शुभ छैन भनेर बुझ्नुपर्छ । शनि शुभ नहुँदा मान्छेहरु विना कारण घाइते हुन थाल्छन् ।

हड्डी दुख्न थाल्छ र कपाल धेरै झर्न थाल्छ । यदि शनि अशुभ छ भने के गर्ने ?आचरण र आहार व्यवहार शुद्ध राख्नु पर्छ । आत्मनिर्णय र धर्मको उचित पालना गर्नुपर्दछ । भगवान शिव वा भगवान कृष्ण को पूजा गर्नु पर्छ । ढिलो निदाउन र राती अबेरसम्म जागराम बस्ने बानीबाट जोगिनु पर्छ । हल्का निलो लुगा प्रयोग गर्नुहोस् । सन्ध्याकालमा शनिको मन्त्र जप गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस