नोभेम्बर २६ सन् २००८ मा भएको मुम्बई आक्रमणको सम्झना अपराधीहरू अझै खुल्ला समाजमा छन्: एउटा संस्मरण

सन् २००८ को नोभेम्बर २६ तारिखमा मुम्बईमा आतङ्कवादी समूहले आततायी आक्रमण गरेका थिए । उक्त हमलामा ९ हमलाकारीहरू सहित १७५ जनाको ज्यान गएको थियो, ४ वटा विभिन्न ठाउँमा विभिन्न समयमा गरिएको आतङ्कवादी हमलालाई २६ ११ को घटना भनेर सम्झना गरिन्छ ।

आज १२ वर्ष बितिसक्दा पनि ती हमलाकारीहरूले सजाय पाउनु त कता हो कता, उनीहरू पाकिस्तानमा खुल्ला रूपमा जीवनयापन गरिरहेका छन् । हमलाको लगत्तै पछि पाकिस्तानमा आधारित लस्करे तोइबा नामक सङ्गठनले उक्त हमलाको जिम्मेवारी लिएको थियो ।

उक्त आक्रमणका मुख्य योजनाकार हफिज सयद आज पनि पाकिस्तानमा खुल्ला रूपमा बस्दछन् । आखिर आतंकवादीहरु लाई यसरी खुला रूपमा देशमा आश्रय दिने चलन कहिलेसम्म ?
उक्त आक्रमणले भारतीयहरूलाई मात्र नभई शान्तिपूर्ण रूपमा बस्न चाहने पृथ्वीको हरेक कुनाका मान्छेको मस्तिष्कमा एउटा डर र प्रश्न दिएर गएको छ । घाउहरू त भरिएर जालान् तर दाग मेटिन सक्दैन, भारतीयहरूले २६ ११ को यस घटनालाई आतङ्कवादको चरम स्वरूपका रूपमा सम्झना गर्नेछन् ।

आशा छ, कसाब जस्ता आतंकवादीहरु लाई अब विश्वका कुनै पनि ठाउँका आमाको कोखले आश्रय नदिओस् । आखिर यसरी एउटा देशले प्रयोजन गरेर अर्को देशमा यस्ता आतङ्कवादी हमलाहरू गरिने चलन कहिलेसम्म रहन्छ ?

प्रतिक्रिया दिनुहोस