कतारले अब यी तथ्यांक संकलनमा सुधार गर्ने प्रतिबद्धता, अब बिदेशी कामदारलाई केही सहज

एमनेस्टी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनपछि कतारले कामदारको मृत्युको तथ्यांक संकलनमा सुधार गर्ने भएको छ ।एमनेस्टीको प्रतिवेदनपछि अन्तर्राष्ट्रिय रूपमा नै आलोचना खेपेको कतारले अन्ततः मृत्युलगायत घाइतेको तथ्यांक संकलनमा थप सुधार गर्ने भएको हो ।

आप्रवासी कामदारको मृत्युको दस्तावेजीकरण गर्ने तरिकामा अधिकार समूहहरूद्वारा सुधारको लागि आह्वान गरेपछि कतारले पछिल्लो कदम चालेको हो । जसअन्तर्गत यहाँको श्रम र स्वास्थ्य मन्त्रालयहरूले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा कामसम्बन्धी चोटपटक र मृत्युलाई सम्बोधन गर्ने र कार्यस्थल सुरक्षामा सुधार सहयोग गर्न तथ्यांक संकलनमा सहयोग गर्ने उद्देश्य जस्ता बुँदाहरू समेटिएका छन् । श्रममन्त्री डा. अलि बिन सइद बिन स्माइख अल मारी र जनस्वास्थ्य मन्त्री डा. हानान मोहम्मद अल कुवारीबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो।

यो सम्झौता एमनेस्टी इन्टरनेशनलको ‘रियालिटी चेक’ शीर्षकको हालैको रिपोर्ट र आइएलओको प्रतिवेदन दुवैको प्रतिक्रियाको रूपमा आएको हो । जसमा दुवैले प्रवासी कामदारहरूको चोटपटक र मृत्युको बारेमा कतार सरकारले अन्तर देखाएको तथ्यांक सार्वजनिक गरेको थियो ।

आइएलओको अध्ययनले कतारमा आधारित प्रमुख संस्थाबाट सङ्कलन गरिएको तथ्याङ्कको आधारमा २०२० मा रेकर्ड गरिएका कार्य सम्बन्धित चोटपटक र मृत्युको विस्तृत विवरण राखेको बताइएको छ।

यसले कतारमा झण्डै ५० कामदारको मृत्यु भएको र ५०० भन्दा बढी गम्भीर घाइते भएको खुलासा गरेको छ । साथै, उसले ३७ हजार ६ सयलाई सामान्य चोटपटक लागेको उल्लेख गरेको छ । आईएलओले थप छोटो तथ्याङ्क सङ्कलन र अनुसन्धानका लागि पनि आह्वान गरेको थियो ।

अन्तर्राष्ट्रिय समुदायले कतारको श्रम सुधार सम्बन्धी प्रमुख कदमहरूको खुलेर प्रशंसा गरेका छन् । कतार आईएलओको कार्यालयको आयोजना गर्ने क्षेत्रको एक मात्र देश हो । यो कदमलाई अधिकार उल्लङ्घनमा उठेका चिन्ताहरूलाई सम्बोधन गर्न दोहाको प्रतिबद्धताको प्रमाणको रूपमा हेरिएको अधिकारकर्मीले बताएका छन् ।

कतारले गरेको प्रमुख सुधारमध्ये यस क्षेत्रको पहिलो गैर–भेदभावपूर्ण न्यूनतम ज्यालाको परिचय थियो । जसअन्तर्गत रोजगारदाताहरूले खानाका लागि कम्तिमा ३ सय कतारी रुपैया र आवासको लागि पाँच सय र १ हजार कतारी रुपैयाँको न्यूनतम मासिक आधारभूत ज्याला तिर्नुपर्छ ।

कतारले उल्लङ्घनहरू पत्ता लगाउन, छिटो दण्डहरू लागू गर्न र श्रम निरीक्षकको क्षमतालाई थप सुदृढ गर्न बोर्डभर निगरानीलाई समेत बढाएको छ।

यता कतारको श्रम मन्त्रालयले आइएलओको प्रतिवेदनलाई स्वागतका साथै सिफारिसहरूको समीक्षा भइरहेको पुष्टिसमेत गरेको छ । यसैबीच, संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कतारस्थित कार्यालयले पनि सो सम्झौताको स्वागत गर्दै यसलाई ‘सकारात्मक र महत्त्वपूर्ण विकास’ को रूपमा लिएको स्रोतले जनाएको छ । फरक धार बाट

प्रतिक्रिया दिनुहोस