हार्दिक बधाई ! रमेश प्रसाई र नन्दालाई आज पुत्री लाभ

रमेश प्रसाई र नन्दा सिंह एक अर्कामा बैबाहिक जिवनमा बाधिएका थिय। करिब एक देखि डेड बर्ष भैसकेको छ।बैबाहिक जिवनमा बाधिएको केहि समय पछि बिभिन्न मिडिया तथा अनलाइन पत्रपत्रिकाहरु नन्दा सिह गर्भवती भयको भन्दै समाचारहरु सम्प्रेसण गरेका थिए।

आज मिति २०७८ साल ८ महिना १४ गते बिहान रमेश प्रसाइलाइ पुत्री लाभ भयको छ।थुप्रै फ्यानहरुले बधाई दिइरहेका छन्। बिभिन्न माध्यम बाट बधाईको ओइरो दिइरहेका छन् कलाकारहरुले।

रमेश प्रसाई र नन्दा सिह दुवै आखा नदेख्ने रहेका यहाहरु सम्पुर्ण लाइ थाहानै छ। धेरै दर्शकहरुको मनमा बस्न सफल रमेश र नन्दालाई नौलो धुन परिवारको तर्फा बाट हार्दिक बधाई व्यक्त गर्न चाहन्छौ।

यो पनि पढ्नुहोस्,

जब इन्जिनियर भनेर बिहे गरेको केटा १० कक्षा मात्रै पास भएको रहस्य खुल्यो…
पछिल्ला दिनहरुमा नेपाली समाजमा हरेक दिन नयाँ र अनौठा कामहरु भइरहेका हुन्छन् । बिबाह एक धुर्वसत्य हो हो, यो संसारमा एकातबाहेक सबैं मानिसहरुले गर्दछन् । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भएको थियो फेसबुक च्याट हुँदै उनीहरू साथी पनि बनन पुगेका थिए ।

तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले । मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरू प्रेमी–प्रेमिका भए ।

काठमाडौंमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरूको बिहे भयो । बिहेमा परिवार व्यस्त भएकाले आउन नपाएको तिमल्सिनाले बताएका थिए । आफ्ना साथीहरूलाई आफन्त भन्दै उनले बोलाएका थिए ।

जसले गर्दा शिलाको परिवारमा बिहेकै दिनमा शंका उत्पन्न भएको थियो । बिहेको करिब दुई महिनापछि श्रीमानको झोलामा शिलाले बिमासम्बन्धी कागजपत्र भेट्टाइन् ।केही बच्चाहरूको बिमा गरेको कागज थियो, जसमा आफ्नो श्रीमानको नाम बुबा भनेर उल्लेख थियो । पहिलेदेखि नै श्रीमानको व्यवहार उनलाई केही शंकास्पद लागेको थियो । त्यो कागजपत्र देखेर उनी झस्किइन् ।

श्रीमानसँग केरकार गर्दा उनले पहिले नै बिहे गरिसकेको र सन्तानसमेत रहेको खुल्यो । त्यसपछि उनी माइती गइन् । माइतीमा सल्लाह गरेर श्रीमानविरुद्ध उजुरी दिइन् ।महानगरीय प्रहरी परिसर ललितपुरले तिमल्सिनालाई गत २१ वैशाखमा पक्राउ गरेको छ । आर्थिक लाभ लिने उद्देश्यले उनले आफू इन्जिनियर भएको भन्दै ढाँटेर युवतीसँग बिहे गरेको खुलेको छ

तिमल्सिनाले बिहेका नाममा पैसा र सुन लिएर ठगीसमेत गरेको परिसरका डिएसपी ईश्वर कार्कीले बताए । बिहेका लागि भन्दै उनले युवतीको माइतीबाट दुई लाख नगद र सुनका गहना लिएका थिए । एकान्तकुनामा डेरामा बस्दै आएका तिमल्सिनाका जेठी श्रीमती र बच्चाहरू भने गाउँमै छन् ।.

सिन्धुपाल्चोक बलेफी घर भएका उनी पहिलेदेखि नै ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काठमाडौंमा ठगीकै आरोपमा पक्राउ परेका उनलाई अदालतले समेत दोषी ठहर गरी कैद सजाय सुनाइसकेकोमा उनी फरार थिए ।

फेसबुकमा युवतीहरूलाई साथी बनाउने र आफू इन्जिनियर भएको भन्दै उनले प्रभावमा पारेर नजिकिने गरेका थिए । इन्जिनियर भनेपछि युवतीहरू नजिकिने भएकाले तिमल्सिनाले त्यस्तो तरिका अपनाएका थिए ।अरू केटीहरूलाई पनि उनले ठगी गरेको हुन सक्ने प्रहरी आशंका छ । केही वर्षअघि एक हाइड्रोपावर कम्पनीको स्टोर शाखामा काम गरेका उनी १० कक्षा पास मात्र भएको खुलेको छ । पक्राउ परेपछि उनले युवती आफूसँगको प्रेममा ‘फिदा’ भएकाले उनको ज्यान जोगाउन आफूले ढाँटेर बिहे गरेको दाबी गरेका छन्

प्रतिक्रिया दिनुहोस