काठमाडौँ, दाँतले केवल खानेकुरा चपाउने काम मात्र गर्दैन यसले अनुहारको सुन्दरता पनि बढाउँछ । तर दाँतमा हुने विभिन्न रोग तथा लापरबाहीले यसलाई बिगार्न सक्छ । अझ दाँतमा किरा लाग्ने समस्या धेरै मानिसमा देखिएको छ ।
गुलियोले मात्र नभई अन्य जुनसुकै खानेकुराले पनि दाँत बिगार्न सक्छ । खानेकुरा दाँत वा मुखमा रहँदा एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने गर्दछ । किरा लाग्नबाट दाँतलाई यसरी जोगाउन के गर्ने त ?
1 दाँत माझ्न प्रयोग गर्ने मन्जन फोलोराइडयुक्त मात्र प्रयोग गर्ने ।
2 दाँत माझ्न सकेसम्म नरम ब्रसको प्रयोग गर्ने ।
3 हरेक पटक खानेकुरा खाइसकेपछि अनिवार्य मुख कुल्ला गर्ने ।
4 हरेक महिना दाँत माझ्ने ब्रस परिवर्तन गर्ने ।
5चिसो पेय पदार्थ गिलास वा बोतलबाट पिउँदा दाँतको बाहिरी भागमा खिइन सक्छ त्यसैले यस्तो पेय पिउन पाइपको प्रयोग गर्ने ।
6 बच्चालाई सुतेर खानेकुरा खुवाउँदा खाना मुखमै हुने भएकाले यसले एसिड उत्पादन तिब्र बनाउँछ । त्यसैले सकेसम्म सुतेर खानेकुरा तथा दूध नखुवाउने । ख्वाए मुख कुल्ला गर्न लगाउने ।
7 बिहान बेलुका खाना खाइसके पछि अनिवार्य दाँत ब्रस गर्ने ।
8 दाँतमा केही मात्रामा पहेँलो, कालो देखिए तत्काल उपचार गर्ने ।
9 हरेक ६ महिनामा एक पटक दाँतको चेकअप गराउने ।