रुँदै विदा भईन् विराटनगरकी चेली मोडल तथा नायिक रेष्मा घिमिरे (फोटो फिचर )

विराटनगर । विराटनगर ११ पिचरा घर भएकी नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । अमेरिकामा बस्दै आएका डाक्टर प्रभात बाबुसँग सोमबार उनले विवाह बन्धनमा बाधिएकी हुन् ।

रेश्मा र प्रभातको विवाह समारोह विराटनगर हाटखोला स्थित फन एण्ड फुड रिसोर्टमा भएको थियो । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र चलचित्रकर्मीको मात्र उपस्थिति थियो । नायिका वर्षा राउत , गायक प्रताव दास रेश्मालाई शुभकामना दिन विराटनगर आईपुगेका थिए । त्यो संगै काठमान्डौमा नाम चलेका केही युटुवरहरुको समेत उपस्थित रहेको थियो ।

यता विहान ११ बजेदेखी वैवाहिक कार्यक्रम झन्डै बेलुकी ५ बजे सम्म चलेको थियो । विदाई हुनेबेलामा आमा बुबाको अङगालोमा अङगालो जोडेर रुदै गरेका दृष्य पनि त्यहाँ देखिएका थिए । त्यति मात्र हैन हुदैगर्दा आफन्तजन सबैका आँखामा आँशु झरिरहेका थिए ।

रेश्माले गत वर्ष अमेरिकामा रहेका प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा नेपाली म्युजिक भिडियोमा सफल मोडल हुन् ।

रेश्मा टिकटकबाट निक्कै चर्चामा आएकी थिइन् । रेष्मा नर्सिङ पेशामा आवद्ध थिईन् ।रेश्माले यो साईनो मायाको नामक चलचित्रमा डेव्यु गरेकी थिईन् । त्यसपछि रेश्मालाई चलचित्रको अफर पनि राम्रै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस