बच्चालाई स्तनपान गराइराख्दा गर्भनिरोधक औषधी खान हुन्छ कि हुँदैन

सन्तान जन्माउने कुरामा सर्तक हुन थालिएको छ । किनभने धेरै सन्तानलाई उचित पालन-पोषण गर्न अहिले असंभव बन्दै गएको अवस्था छ ।यस्तो अवस्थामा सन्तानका रहर पुरा भइसकेकाहरु दोस्रो गर्भ रहन दिदैनन् । यदी गर्भ रहेमा यस्ता अनिच्छित गर्भ तुहाउने गरिन्छ । यसका लागि शल्यक्रिया वा औषधी दुवै विधी प्रयोग गर्ने विकल्प छ ।

त्यस्तै अनिच्छित गर्भबाट बच्नका लागि विभिन्न किसिमको साधनको प्रयोग गर्न सकिन्छ । आपतकालिन पिल्सहरु पनि प्रचलनमा छन् ।तर, जब एउटा सन्तान जन्मन्छ, त्यस अवस्थामा आमाले शिशुलाई स्तनपान गराइरहेका हुन्छन्, के त्यस्तो अवस्थामा पनि गर्भनिरोधक औषधी सेवन गर्नुहुन्छ ?

भनिन्छ, शिशुको लागि आमाको दुध अमृत समान हो । त्यही दुधबाट उसले सम्पूर्ण पोषण प्राप्त गर्छ । त्यसैले आमाको खानपान र उनीहरुको स्वास्थ्य स्थितीले बच्चाको पोषण र स्वास्थ्यमा धेरै प्रभाव पार्छ । यसै कारण चिकित्सकहरुले बच्चालाई आफ्नो गराउने आमाहरुलाई स्वस्थ आहार लिन सल्लाह दिन्छन् ।

स्तनपान गराइराखेको अवस्थामा आमाले सेवन गर्ने औषधिहरुको असर शिशुलाई पनि पर्छ । यस्तो बेलामा खाने गर्भनिरोधक चक्किहरु असर बच्चामा पर्छ वा पर्दैन भन्ने कुराको चिन्ताले हरेक आमाहरुलाई सताउँछ ।

हालसालै गरिएका केही अध्ययनहरुका अनुसार स्तनपानको क्रममा गर्भनिरोधक चक्कीहरुको असर बच्चालाई स्तनपान गराइने दूधको उत्पादनसँग जोडिएको छ । त्यसैले बच्चाको स्वास्थ्य राम्रो रहोस् र उनीहरुले स्वस्थ दूध खान पाउन भनेर महिलाहरुलाई गर्भनिरोधक चक्की नखाने सल्लाह दिइन्छ ।

स्तनपान प्राकृतिक गर्भनिरोधक

केही अवस्थामा स्तनपानले पनि गर्भनिरोधकको काम गर्छ । बच्चा जन्मिएपछि बच्चालाई स्तनपान गराउने महिलाहरुमा महिनावारी सुरु भएन भने उनीहरुलाई कुनै गर्भनिरोधक चक्कीको आवश्यकता पर्दैन ।

स्तनपान गराउने महिलाहरु यदि यी चक्कीहरुको सेवन गर्न चाहन्छन् भने आफ्नो चिकित्सकको सल्लाहमा मात्रै औषधि सेवन गनुपर्छ । जसले स्तनपानको क्रममा बच्चालाई कुनै नोक्सान हुँदैन ।खासमा यस्ता औषधिहरुमा हार्मोनहरु हुन्छन् जसले दूधको माध्यमबाट बच्चाको स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।

गर्भनिरोधक चक्कीहरु खान पहिले यी कुराहरुमा ध्यान दिनुहोस्

१. पहिलेलदेखि नै गर्भनिरोधक चक्कीहरु खाइरहनुभएको छ भने बच्चा जन्मिएपछि आफैले यसलाई दोस्रोपटक सुरु नगर्नुहोस् । यस बारेमा पहिले आफ्नो चिकित्सकको सल्लाह लिनुहोस् ।

२. यी औषधिहरुको सेवन गर्नाले दूध कम भयो ने ढिलो नगरिकन चिकित्सकलाई बताउनुहोस् ।

३. चक्कीहरुको सट्टा गर्भनिरोधकलाई अर्को तरीकाले प्रयोग गर्नु राम्रो हुन्छ ।

४. थाइराइड जस्ता रोगहरुबाट पीडित हुनुहुन्छ भने चक्कीहरु खानु पहिले चिकित्सकहरुलाई आफ्नो स्थितीको बारेमा अवगत गराउनुहोस् ।

प्रतिक्रिया दिनुहोस