१० दिनमै ४० देशमा फैलियो ओमिक्रोन !!सतर्क रहन आग्रह

काठमाडौं । कोभिड-१९ को नयाँ भेरिअन्ट ओमिक्रोनका कारण नआत्तिन बरु सर्तक भएर आवश्यक तयारी गर्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ।

एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन्।

प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ।

भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। तर नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको जानकारी छैन।

कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप ओमिक्रोन बढी सङ्क्रामक छ वा यसले खोपलाई छल्न सक्छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।

यो अन्य भेरियन्ट भन्दा तीव्र गतिमा फैलिइरहेको छ । तर यो कति खतरनाक छ भन्ने बारेमा यकिन हुन अझै समय लाग्नेसमेत डब्ल्यूएचओले बताएको छ ।

पछिल्लो समय ओमिक्रोन क्यानडामा १५ जनामा पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ५० वर्ष माथिकालाई बुस्टर डोज दिनुपर्नेसमेत बताएको छ ।

दक्षिण अफ्रिकाबाट यो ओमिक्रोन फैलिन थालेको हो । अहिले दक्षिण अफ्रिकामा बालबालिकामा बढी नै फैलिइरहेको छ । ५ वर्ष भन्दा कम उमेरका बालबालिका यसको चपेटामा बढी परेका छन् ।

डब्लूएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्ष अघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताइन्।​ डब्ल्यूएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भनिन्, ‘हामी आत्तिने होइन, ओमिक्रोनविरुद्धको लडाईका लागि तयार र सतर्क हुन आवश्यक छ।’

कोभिड–१९ बाट शरीरमा प्राप्त केही रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने गरेको डब्लूएचओले उल्लेख गरेको छ। सो भेरियन्ट निकै संक्रामक रहेको वरिष्ठ वैज्ञानिक स्वामिनाथनले बताइन्। हाल विश्वका ९९ प्रतिशत भेरियन्ट हाल डेल्टाको संक्रमण रहेको बीबीसीले उल्लेख गरेको छ।

डब्लूएचओका निर्देशक माइक र्‍यानले हाल कोभिड–१९ विरुद्ध प्रयोग भईरहेका खोप निकै प्रभावकारी रहेको बताएको छन्।

यद्यपि, अहिले नै खोपहरुले ओमिक्रोन भेरियन्ट विरुद्ध काम गर्ने नगर्ने बारे भने अध्ययन भईरहेको छ।

प्रतिक्रिया दिनुहोस