दाँतमा धेरै जसो किरा लाग्नुको मुख्य कारण यस्तो छ र यसरी दाँतको किरालाई सजिलै “मा”र्न” सकिन्छ ।

दाँतको किरा : दाँतमा धेरै जसो किरा लाग्नुको मुख्य कारण यस्तो छ र यसरी दाँतको किरालाई सजिलै “मा”र्न” सकिन्छ । शेर गरौं

मुख हाम्रो शरीरको मुख्य ढोकाजस्तै हो। मुखलाई सफा र स्वच्छ राख्यो भने स्वास्थ्य पनि राम्रो हुन्छ। दाँत जीब्रो गिजालाई सफा र स्वस्थ राख्न आवश्यक छ। विशेष रुपमा दाँतमा लाग्ने रोग दुई प्रकारका हुन्छन्। एउटा दाँतमा किरा लाग्ने हो भने अर्को गिजामा समस्या आउने हो। हामीले खाएको खानेकुरा दाँतको वरिपरि टासिन्छ, दाँत राम्रोसँग सफा गरिएन भने दिनदिनै खानेकुरा टासिँदै जान्छ।

नियमित ब्रस नगर्दा दाँतको बीचमा आफूले खाएका अन्नका कणहरु बस्दछन्, जब यी कणहरु सड्न थाल्छन्, तब दाँतमा किरा लाग्न थाल्छ । किरा लागेपछि दुखाई त महशुस हुन्छ नै दाँतको जरा पनि कमजोर बन्दै जान्छ । अन्ततोगत्वा हामी हाम्रो दाँत नै गुमाउने अवस्थामा पुग्छौँ।

दाँतको दुखाई एकदमै पीडादायक हुन्छ । यदि तपाईंको दाँतमा पनि किरा लागेको छ वा अत्याधिक दुखाई महशुस हुन्छ भने यी घरेलु उपायहरु अपनाएर त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ।
१. पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई(तीन पटक दाँतको मालिस गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ ।

२. किराले खाएर खोक्रो बनेको भागमा रुवो (कपास)लाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ ।

३. तातो पानीमा फिटकिरी घोलेर बिहान-बेलुकै मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ ।

४. किरा लागेको दाँतमा बरको चोप लागउँदा किरा मर्नुका साथै दुखाई पनि कम हुन्छ ।

काठमाडौँ : धेरैजसो महिलाहरु शरीरमा आउने अनावश्यक रौं हटाउनको लागि विभिन्न किसीमका विधिहरुलाई अपनाउने गर्दछन् । अनुहारमा आउने रौंहरु नाङ्गो आँखाले देख्ने हुदाँ यसले अनुहारको सौन्दर्यतामा समेत कमी ल्याउँदछ । त्यसैले महिलाहरु यस समस्यालाई सकेसम्म चाडैं हटाउने कोशिसमा हुन्छन् ।

शरीरको अनावश्यक रौं हटाउने उत्पादनहरु बजारमा अहिले प्रशस्त मात्रामा पाईन्छन् । जसले तपाइँको रौं लाई केहि दिनको लागि मात्र हटाउन मद्धत गर्दछ । तर आज हामी तपाइँलाई अनुहारको रौं को समस्याबाट सधैंको लागि छुट्कारा दिलाउने प्राकृतिक घरेलु उपायबारे जानकारी दिन्छौं ।

यस उपायमा प्रयोग हुने सामाग्रीहरुमा पौष्टिक तत्व( भिटामिन ) खनिज पदार्थ हरु प्रशस्त मात्रामा पाईनुका साथै यसमा एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसको प्रयोगबाट छालामा चमक आउनुको साथै छाला स्वस्थ हुने गर्दछ । हाम्रो शरीरको सबैभन्दा ठूलो अङ्ग छाला भएको कारणले गर्दा छालामा हामीले जे प्रयोग गरेपनि यसलाई रगतले सिधै सोस्दछ ।

सामाग्रीहरु :
१) २ चम्चा मह
२) १ चम्चा जौ को धुलो
३) २ चम्चा कागतीको रस

बनाउने विधि:-माथिका सबै सामाग्रीहरुलाई मिसाउनुहोस् । त्यस पछि मिश्रणलाई रौं हटाउनुपर्ने ठाउँमा दल्नुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपश्चात मन्तातो पानीले पखाल्नुहोस् । तपाइँले यसको प्रयोग गर्दा अनुहारमा क्रिम पनि लगाउन सक्नुहुन्छ । यस विधिलाई हप्तामा २–३ पटक प्रयोग गरी एक महिनापछि पुन : यस विधिलाई अपनाउनुहोस् । तपाइँको अनावश्यक रौं सधैंको लागि हट्नेछ ।

यस विधिबाट कुनै पिडा नहुने हुँदा तपाइँले यसको प्रयोग सजिलै गर्न सक्नुहुन्छ । यस विधिको जाँचको लागि सबैभन्दा पहिला हातमा लगाएर हेर्नुहोस् र कुनै प्रकारको जलन नभई राम्रो असर देखिएमा मात्र यसलाई अनुहारको छालामा प्रयोग गर्नुहोस् । यदि तपाइँको छाला संवेदनशील छ भने,विशेषज्ञको सल्लाह लिएर मात्र यस विधिको प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस