विवाहको १० दिनमै नव-दम्पतिको मृत्यु, कारण थाहा पाउँदा भक्कानो फुटेर आउँछ

काठमाडौँ, २१ मंसिर । सोमबार साँझ भएको जीप दुर्घटनामा नव-दम्पतिको पनि मृत्यु भएको छ । नव दम्पति २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको पनि दुर्घटनामा मृत्यु भएको हो । उनीहरुको १० दिनअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ । (दुर्घटनाको तस्विर तल छ)

उनीहरू घरबाट दुल्हन फर्काउन माइती जाँदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा नव दम्पतिसहित पाँच जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पाटन बजारबाट कैलपाल हिँडेको से १ ज ८८८ नम्बरको जीप सोमबार साँझ पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा नव दम्पतिसहित १३ वर्षीय बालक विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई र ४० वर्षीया जानकारी भट्टराईले पनि ज्यान गुमाएका छन् । चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

ग्रामीण कच्ची सडकमा तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

यस्तै, रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते एक जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका-१ घिमानेका ६७ वर्षका बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिका-२ रातामाटामा हिजो बेलुका दुर्घटना भएको थियो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस