यो कलेजको अचम्मको नियम भर्ना हुन ब्वायफ्रेन्ड अनिवार्य चाहिने

काठमाडौं – प्रेम गर्नेहरुको लागि विशेष दिन प्रणय दिवस अर्थात भ्यालेन्टाईन डे हरेक बर्षको फेब्रुअरी १४ मा मनाईन्छ ।

धेरै युवा युवतीहरु यहि दिनबाट नयाँ जिवन सुरु गर्छन् । कतिपय विज्ञहरु प्रेम गर्नको लागि प्रणय दिवस आउनु नै पर्छ भन्ने पनि छैन,साँचो माया भयो भने हर दिन प्रणय दिवस जसरी मनाउन सकिन्छ भन्नेहरु पनि छ ।

सँगै बाच्ने र सँगै मर्ने कसम खानाको लागि कुनै प्रणय दिवस नै आउन जरुरी छैन भन्छन् प्रेमका विज्ञहरु । विश्वमा अनौठो अनौठो कुराहरु सुन्न र देख्न पाईन्छ । यस्तै भारतको एउटा कलेजको एउटा कलेजको अनौठो नियम यति बेला सामाजिक सञ्जालहरुमा निकै भाईरल भईरहेको छ ।

सेन्ट जोन्स नाम गरेको कलेजको लेटर हेठमा यस्तो सन्देश लेखिएको छ कि त्यसमा आगामी भ्यालेन्टाईन डे सम्मामा कलेजका छात्राहरुले अनिवार्य रुपमा कम्तिमा पनि एकजना ब्वायफ्रेन्ड बनाउनै पर्ने भनि लेखिएको छ ।

उक्त सुचनामा यो पनि लेखिएको छ कि ब्वायफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सूचनामा उल्लेख छ ।

सामजिक सञ्जालमा भाईरल भइरहेको उक्त कलेजको लेटरहेडको सन्देशमा कलेजका सहायक डिन प्राध्यापकको नाममा हस्ताक्षर रहेको देखिएको छ । उक्त सुचनामा छात्राहरुको सुरक्षाको कारणले यस्तो नियम राखिएको कलेजले जिकिर गरिएको छ ।

जारी गरिएको उक्त सुचनामा भ्यालेन्टाइन डेका दिन एक्ली छात्रालाई कलेज परिसरमा प्रवेश नदिइने भनिएको छ । साथै कलेजमा प्रवेश गर्नको लागि ब्वायफ्रेन्डसँग खिचाएको एक तस्विर अनिवार्य रुपमा देखाउनु पर्ने भनिएको छ । आफ्नो कलेजको नामको लेटरहेडमा त्यस्तो खालको सूचना सार्वजनिक भएपछि सेन्ट जोन्स कलेज प्रशासनको ध्यान आकर्षित भएको छ ।

सोसल मिडियामा भाइरल भएको उक्त सूचनामा कुनै सत्यता नरहेको र त्यो फर्जी रहेको कलेज प्रशासनले जनाएको छ । कलेजको नाममा त्यस्तो अफवाह फैलाउनेलाई सख्त कारावही हुने पनि कलेजले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस