समय तोकेरै नासाले भविष्यवाणी गर्यो, चन्द्रमामा आउने हलचल र पृथ्वी नष्ट हुने दिन

काठमाडौं । मौसम परिवर्तनका कारण, पृथ्वीमा मौसम तिव्र रूपमा परिवर्तन हुँदैछ ।जलवायु परिवर्तनका कारण बढेको तापक्रमले हिमनदी पग्लिरहेका छन् । हिमनदी फुटेपछि धेरै देशहरूमा बाढीको समस्या पनि नभएको होईन ।

मानिसहरुले समयमा विचार गर्न नसके यो अवस्था झन डरलाग्दो हुने देखिन्छ ।हालै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक अध्ययनमा गरेको दावीले सबैको होस उडाएको छ ।

चन्द्रमा पनि मौसम परिवर्तनको कारण हुन सक्ने भन्दै गरिएको एक अध्ययनले सबैको होस उडाएको हो ।नासाले आफ्नो प्रतिवेदनमा सन् २०३० मा जलवायु परिवर्तनका कारण समुद्रको सतह बढ्ने बताएको छ ।

त्यस क्रममा चन्द्रमाले आफ्नो कक्षा परिवर्तन गर्नेछ । त्यसरी चन्द्रमा एक ठाउँबाट अर्को ठाउँमा सर्दा पृथ्वीमा विनाशकारी बाढी ल्याउने विश्वास गरिएको छ । त्यो बाढीले पृथ्वीमा धेरै प्राणी र बनस्पती नष्ट हुने नासाको दावी छ ।

नासाको यो अध्ययन जून २१ मा जर्नल नेचरमा प्रकाशित भएको थियो । अध्ययनमा, चन्द्रमामा आएको परिवर्तनका कारण पृथ्वीमा आएको बाढीलाई ‘उपद्रव बाढी’ भनिएको छ ।

यस प्रकारको बाढी समुद्री तटहरुमा आउने जनाइएको छ । समुद्री छालहरू औसत दैनिक उचाइ भन्दा २ फिट माथि उठ्दा समुद्री यस्तो बाढी देख्न पाइनेछ ।

घर र सडकहरू सबै डुब्नेछन् र दैनिक तालिकामा नसोचेको असर पर्नेछ । नासाको एक अध्ययनका अनुसार २०३० को दशकको मध्यसम्म भयावह बाढीको अवस्था सिर्जना भई अचानक अनियमित हुनेछ ।

यो प्रवृत्ति एक दशकसम्म जारी रहने पनि उल्लेख गरिएको छ । अध्ययनले यो पनि भन्यो कि बाढीको यस्तो अवस्था वर्षभरि नियमित हुँदैन । केही महिना मात्रै यस्तो भयावह अवस्था सिर्जना हुनेछ, जसले यसको जोखिम बढाउँछ ।

तटीय क्षेत्रमा ठूलो विनाश
नासाका प्रशासक बिल नेल्सनका अनुसार समुद्री सतह बढेपछि तटीय क्षेत्रमा बाढीको जोखिम बढ्दै जाने खत्तरा हुन्छ । लगातार आउने बाढीका कारण सर्वसाधारणको मुस्किल पनि बढ्दै जानेछ ।

ति कठिनाइहरू दैनिक अझ थप बढ्ने देखिन्छ । उनले भने, ‘चन्द्रमाको कक्ष परिवर्तन भएको कारण, गुरुत्वाकर्षण बल बढ्दो समुद्री सतह र जलवायु परिवर्तनले समुद्री तटमा वैश्विक स्तरमा बाढीको अवस्था सिर्जना गर्नेछ, जसका कारण ठूलो विनाश हुन सक्छ ।’

चन्द्रमाले आफ्नो स्थान बदल्नेछ
हवाई विश्वविद्यालयका सहायक प्राध्यापक र अध्ययनका प्रमुख लेखक फिल थम्पसनका अनुसार यो भयावह हुनसक्छ ।

पृथ्वीमा चन्द्रमाको प्रभावले आएको बाढीको बारेमा कुरा गर्दै उनी भन्छन्, ‘जब चन्द्रमा आफ्नो कक्ष परिवर्तन गर्छ तब त्यसलाई पुरा हुन १८.६ बर्ष लाग्छ । तर त्यसको कारणले पृथ्वीमा बढ्दो ताप, बढ्दो समुद्री सतहसँगसँगै खतरनाक हुन्छ ।’

चन्द्रमाले जमीनमा असर पार्नेछ
थम्पसनका अनुसार १८.६ वर्षमा आधा समयको लागि, अर्थात् पृथ्वीमा करीव ९ वर्ष, समुद्री ज्वारको वृद्धि घट्छ । उच्च ज्वारको उचाई सामान्यतया कम हुन्छ, कम ज्वारको उचाई प्राय बढी हुन्छ ।

अर्को तर्फ, अर्को ९ बर्षको लागि यो उल्टो हुन्छ । अर्को पटक यो चक्र २०३० को आसपास सिर्जना हुनेछ, जसका कारण जनजीवन प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस