सहयोगको नाममा चिनियाँ ऋणको जालमा फस्दै गरिब देश

एजेन्सी : सहयोगको नाममा ऋणको जालमा फसाउने चीनको चालहरु अहिले बाहिर आउन थालेका छन् ।ऋण तिर्न नसकेपछि अफ्रिकी देश युगान्डाको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल चीनले आफ्नो कब्जामा लिने तयारी गरेको खबर हालैमा बाहिरिएको छ । यो सहयोगको नाममा सर्वसत्तावादतर्फ चीन अघि बढेको प्रमाण हो। यो पहिलो घटना भने होइन।

चीनले विकासको नाममा ऋण दिएर गरिब देशलाई आफ्नो जालमा फसाउने प्रयास विगतदेखि नै गर्दै आएको छ । श्रीलंकाका पूर्व सेना कमाण्डर सरत फोन्सेकाले आफ्नो सरकारलाई चेतावनी दिएका छन्, ‘जुन जालले युगान्डालाई ध्वस्त पारेको छ, श्रीलंका पनि चीनको त्यही जालमा फसेको छ अहिले।’

एमआइ सिक्सको प्रमुखले दिए चेतावनी

बेलायतको गुप्तचर एजेन्सी एमआइ सिक्सका प्रमुख रिचर्ड मूरले हालै बीबीसी रेडियोसँग कुरा गर्दै चीनको षड्यन्त्रबारे विश्वलाई चेतावनी दिएका छन्।

उनले चीनसँग विश्वभरका डाटा चोर्ने क्षमता रहेको बताए । साथै, चीनले मानिसहरूलाई फसाउन पैसा प्रयोग गर्ने गरेकाे उनले बताए । उनले यसलाई ऋणको जाल र डाटा ट्र्याप भनेका छन् ।

१८ वर्षमा १६५ देशमा ड्र्यागनको अर्बौं लगानी

एडाटा रिसर्च ल्याबको प्रतिवेदनअनुसार चीनले विगत १८ वर्षमा १६५ देशमा ८४३ अर्ब डलरको १३ हजार ४२७ परियोजनामा ​​लगानी गरेको छ।

यो रकमको धेरै हिस्सा चिनियाँ राष्ट्रपति सी चिङपिङकाे महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूमा जोडिएको छ।

दुई दशकअघि चीन आफैं अन्तर्राष्ट्रिय निकायबाट ऋण लिने देश थियो। तर आज विश्वभरका परियोजनाहरूमा लगानीको मामिलामा अमेरिकालाई उछिनेको छ ।

लाओसमा चीनको सहयोगमा बनेको रेलमार्ग सुरु, विज्ञहरूद्वारा ठूलो ऋणको चिन्ता

चीन, भियतनाम र थाइल्याण्डको बीचमा रहेको लाओसमा चीनले ५.९ अर्ब डलरमा तयार पारिएको रेलमार्ग सुरु गरेको छ ।

यो रेलमार्गले लाओसलाई विदेशी बजारसँग जोडेको भए पनि विज्ञहरूले यसलाई लाओसको भविष्यका लागि राम्रो मानिरहेका छैनन् ।

चीनका सरकारी बैंकहरूले गरिब देशका परियोजनामा ​​पैसा लगानी गर्ने र त्यो ऋण तिर्न आवश्यक रहेको उनको भनाइ छ ।

यो ठुलो ऋण आउने दिनमा उनीहरुको घाँटीमा फन्को बन्ने छ । चिनियाँ आयोजनाको लागत पनि पटक पटक धेरै बढेको गुनासो आएको छ । लाओसका धेरै नेताहरूले पनि यो रेल परियोजनाको बारेमा चिन्ता व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस