चर्चित कलाकार सिताराम कट्टेल र कुमार कट्टेल (जिग्री) लाई पर्यो बज्रपात, रहिनन् अब हजुरआमा

कुमार कट्टेल (जिग्री) हास्यकलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)का सहोदर माहिला भाइ हुन् । अहिलेको चर्चित हास्य टेलिश्रृंखलाका ‘सक्किगोनी’का कलाकार कुमार चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिनरात खटिएका छन् ।

कुमार कट्टेल एक सक्रिय नेपाली हास्य कलाकार हुन्, जसले हास्यव्‍यंग्य टेलिशृंखला ‘सक्किगो नि’को निर्देशन, लेखन र अभिनय पनि गर्छन् । खासगरी जिग्री नामक चरित्रको अभिनयका कारण उनी चर्चित छन् । ‘जेपीटी क्रिएसन’ का संस्थापक उनले २ वर्षभन्दा बढी समय अर्को हास्यव्‍यंग्य टेलिशृंखला ‘भद्रगोल’मा काम गरेका थिए ।

पछि गएर उनले प्रायः अभिनयको समयमा प्रयोग गर्ने थेगोको नाममा सक्किगो नि नामक टेलिसिरियल बनाएर त्यसैमा अभिनय गर्न थालेका थिए । उनी सामाजिक कार्यमा सक्रिय छन् ।रंगशालाको सपनालाई छिट्टै पुरा गराउने दाजु धुर्मुसको अभियानमा लागिपरेका छन् । सिताराम कट्टेल नेपालका हाँस्य कलाकार हुन्। कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं‍. ७ मा जन्मिएका हुन् ।

पछि बसाइँ सर्ने क्रममा झापा आई बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ। उनी मेरी बास्सै नामक टेलिशृंखलाबाट लोकप्रिय बनेका हुन्। हजुरआमाको निधन पछि कुमार कट्टेल जिग्री लेख्छन् :म सङ हजुरका केहि सपनाहरु थिए, पुरा गर्छु भनेर सोच्दै थिए, एक्लो बनाएर छोडेर जानुभयो हजुरको बैकुन्ठमा बास होस, हार्दिक श्रद्धाञ्जली हजुरआमा

प्रतिक्रिया दिनुहोस