हराएकी १४ बर्षिया छोरीको मोबाइलबाट आएको त्यो म्यासेज जसले आमाबाबु परे छक्क …

काठमाडौँ, कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन्।

छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन् । छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई उजुरी गर्छौँ, तिमी कहाँ छौ’ भनि म्यासेज गरे । “म्यासेज गरेपछि छोरीले विवाह गरिसकेको सन्देश पठाइन्”, बालिकाकी आमा दिव्या शर्माले भनिन्, “मैले घर फर्काएर ल्याउँ भनेँ तर श्रीमान् र घरका अन्य सदस्यले मानेनन् ।

‘इज्जत’ फा’लिसकेकी छोरी ल्याउनु हुन्न भने ।” लामो समय विद्यालय बन्द भएपछि छोरीले विवाह गरेको दिव्याको भनाइ छ।‘१० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ”, दिव्याले भनिन्, “त्यही मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछन्, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी ब’र्बा’द गरिछ।”

कोरोना म’हामा’रीका कारण धेरैजसो विद्यालय गएको चैतदेखि नै बन्द छन् । केही विद्यालयले अनलाइन कक्षा शुरु गरे पनि अधिकांश विद्यालयको पढाइ नहुँदा विद्यार्थीले पढ्न पाएका छैनन्। यसबीचमा विद्यालय जाने उमेरका बालबालिकाको विवाह अघिल्लो वर्षको भन्दा दोब्बरले बढेको प्रहरीको तथ्याङ्क छ ।

कैलालीको टीकापुर नगरपालिकाको बटनपुरस्थित त्रिभूवन माविका शिक्षक आशा कठरियाले बालविवाह बढिरहेको बताइन्। “लकडाउनपछि बा’ल विवाह बढेको छ । बा’ल विवाह गरेका धेरै कि’शोरी ग’र्भवती भएकाले उनीहरुको पढाइमा बा धा पुग्छ”, कठरियाले भनिन्,

“हाम्रै विद्यालयमा हरेक वर्ष कम उमेरमै विवाह गरेका कम्तीमा पाँच जनाले विद्यालय छाड्छन् ।” गत चैतबाट विद्यालय बन्द भएपछि कम उमेरमा विवाह गर्ने विद्यार्थी अझ बढेको हुनसक्ने चिन्ता उनलाई छ ।

“हामीले विद्यालयको कक्षामा बा’ल विवाहबारे धेरै छलफल गर्छौँ, बा’ल विवाहका असरबारे सचेत गराइन्छ”, कठरियाले भनिन्, “तर पनि बा’ल विवाह रोक्न सकिएको छैन ।” अभिभावक रामफल चौधरी अभिभावककै कमजोरीका का’रण पनि उमेर नपुग्दै विवाह बढिरहेको बताए।

“बा’ल विवाह गरेका जोडीलाई समाजले स्वी’कार गरिरहेको छ । छोराले गरिहाल्यो वा छोरी गइहाली भनेर समाजले स्वी’कारेपछि उ’जुरी पर्दैन”, रामफल भन्छन्, “गरिबीका का’रण पनि बा’ल विवाह रोक्न सकिएको छैन ।

छोरी जवान भए जिम्मेवारी उठाउन ड’राएर विवाह गरिदिने अभिभावक पनि छन् ।”
नेपाल प्रहरीका अनुसार पोहोरभन्दा यस वर्ष बालविवाह दोब्बर बढेको छ । पोहोर आर्थिक वर्षको पहिलो तीन महिनामा देशभरि १२ वटा मात्रै बालविवाह भएको थियो भने यस वर्षको पहिलो तीन महिनामा २६ वटा भएको छ ।

सामान्यतः बा’ल विवाहको उ’जुरी नआउने हुनाले यो सङ्ख्या अझ धेरै हुनसक्ने प्रहरीको भनाइ छ । कैलाली जिल्लामा अघिल्ला दुई वर्ष एक/एकवटा बा’ल विवाहको उ’जुरी दर्ता भएकामा यस वर्षको तीन महिनामा दुई घ’टना दर्ता भएका छन्।

इलाका प्रहरी कार्यालय टीकापुरले यस वर्षको तीन महिनामा बा’ल विवाहसम्बन्धी एउटा मु द्दा चलाइसकेको छ। “एउटा विवाहमण्डपमै गएर रोकेको र तीन बालबालिकालाई सम्झाएर अभिभावकको जिम्मा लगाएका छौँ ।

यसले पनि बा’ल विवाह दोब्बरले बढेको देखाउँछ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने, “बा’ल विवाह उ’जुरी हामीसम्म पुग्दैनन्, हामीले थाहा पाएर गए पनि अभिभावकले उमेर पुगिसक्यो भनेर झुक्याउने चलन अहिले पनि छ ।” बा’ल विवाहलाई समाजले परम्पराका नाममा स्वीकारिरहेको देखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

प्रहरीकै कुरालाई आधार मान्ने हो भने पनि उमेर नपुग्दै हुने विवाहलाई समाजले मान्यता दिइरहेको देखिएको बालकल्याण सङ्घका नयनतारा श्रेष्ठले बताए। “कम उमेरमा हुने विवाहले हुने अ’सर कम गर्न विवाह नै गर्न र गराउन दिनुहुँदैन”, श्रेष्ठ भन्छन्, “यसका लागि सबैभन्दा पहिला अभिभावक र समाज सचेत बन्न आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस