ट्रककाे ठ’क्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीकाे ज्यान गयाे

सर्लाही- सर्लाहीकाे लालबन्दीमा ट्रककाे ठ’क्करबाट एक बालककाे ज्यान गएकाे छ ।साेमवार पूर्व पश्चिम लाेकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रककाे ठ’क्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवकाे ज्यान गएकाे हाे ।

उनलाई ना३ख ७९९० नम्बरकाे ट्रकले ठ’क्कर दिएकाे इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएकाे हाे । ट्रककाे ठ’क्करबाट ट्युसन पढ्न हिँडेका बालककाे घ’टनास्थलमै ज्यान गएकाे थियाे । यादव लालबन्दी नगरपालिकास्थित जनज्याेति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए ।

बालककाे श’व जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तकाे जिम्मा लगाइएकाे छ । घ’टनालगत्तै स्थानीय र विद्यार्थीकाे समूहले केहीबेर पूर्व पश्चिम लाेकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए । सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएकाे प्रहरीले जनाएकाे छ ।

घटनामा सं’लग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस