मुम्बई हमलाको टेप रेकर्डिङले खुलासा गर्‍यो पाकिस्तानी आतंकवादीको योजना

नयाँ दिल्ली- सन् २००८ मा पाकिस्तानी आतंककारीहरुले मुम्बईमा गरेको हमलाको विषयमा एक नयाँ वायर टेप रेकर्डिङ प्राप्त भएको भारतीय सुरक्षा निकायले जनाएको छ।

उक्त टेप रेकर्डिङमार्फ आतंककारीहरूले चाबड हाउसमा आक्रमण गर्ने योजना बनाएको टेलिफोन वायरट्यापमार्फत खुलेको हो। भारतको सरकारी स्रोतका अनुसार चाबड हाउसमा ६ जना आतंककारीसमेत मारिएका थिए।

रेकर्डिङहरूले आक्रमणको केन्द्र चाबड हाउस एक अवसरवादी लक्ष्य हुनुको सट्टा, यहूदी स्थानको रूपमा खोजिएको खुलासा गरिएको छ।

उक्त अडियो पाकिस्तानमा रहेको लश्कर-ए-तैयबाका सदस्यहरू र उनीहरूका नेताहरूबीच भएको कुराकानीको निगरानी गर्ने भारतीय गुप्तचरले प्राप्त गरेको हो। जिहादीहरूले नोभेम्बर २००८ मा ६० घण्टाभन्दा बढी समय सहरमा बन्दुक र विस्फोटक पदार्थ प्रयोग गरेका थिए।

उक्त विस्फोटमा १६६ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए। भारतको एक स्रोतले वायरट्यापहरूले कसरी आतंकवादीहरूले विभिन्‍न समुदायहरूमा आक्रमण गर्ने र विश्वको मिडियाबाट अधिकतम ध्यान आकर्षित गर्ने योजनाको रूपमा एक यहूदी लक्ष्य र अन्य स्थानहरू छनोट गरे भन्ने विवरण खुलासा गरेको छ।

अन्य लक्ष्यहरूमा ताजमहल प्यालेस होटल समावेश थियो। जुन धनी विदेशी पर्यटकहरूको लागि आकर्षणको केन्द्रको रुपमा आक्रमण गरेमा विश्वको ध्यान सजिलै तान्‍न सकिने उल्लेख गरिएको थियो। त्यसैगरी रेल स्टेशन छनोट गरिएको थियो भने नरिमन हाउसको चाबड सेन्टरमा भएको आक्रमणले मुम्बईमा एक हजार वर्षदेखि हिन्दू र मुस्लिम समुदायको साथमा यहूदीहरूले पाएको शान्तिपूर्ण अस्तित्वलाई चकनाचुर बनाउन त्यहाँ आक्रमण गरिएकोसमेत टेपमार्फत खुलेको हो।

१९ वर्षीय रब्बी गेभ्रिएल होल्ट्जबर्ग र उनकी २८ वर्षीया इजरायली पत्‍नी रिभकासँगै चाबड हाउसमा मारिए। जेरुसेलमका बासिन्दा रब्बी लेबिस टेइटेलबम पनि मारिएका थिए। आफ्नो परिवारसँग भारत भ्रमण गरिरहेकी ६० वर्षीया इजरायली हजुरआमा योचेभड ओर्पज र मेक्सिकोकी तीन सन्तानकी आमा ५० वर्षीया नोर्मा श्वार्जब्लाट रबिनोभिच थिए, जो आफ्नो छोराको १८औँ जन्मदिनको लागि इजरायल जान लागेका थिए। उनीहरुलाई निशाना बनाउन चाबड हाउसमा निशाना बनाइएकोसमेत खुलेको छ।

प्रतिक्रिया दिनुहोस