फेसबुकमा चिनजान भएकी युवती एकदमै मन परेपछि नेपाली युवक हेलिकोप्टर चार्टर्ड गरेर गए प्रेमिका लिन:

एक समय थियो जब हेलिकोप्टर सामान्य परिवारका लागि सपना जस्तै थियो तर अब समयको फेरिएको छ । नेपाली समाजको समाजिक, आर्थिक विकाससंगै केही वर्ष अगाडीसम्म राजपरिवार, ठूलाबडा व्यापारी र नेताहरूका छोराको बिहमेमा देखिने हेलिकोप्टर आजभोलिआम नेपालीको बिहेमा समेत देखिनथालेका छन । सर्लाहीका एक सामान्य परिवारकाजोडिले समेत हेलिकोप्टर चार्टर्ड गरेर बिहे गरेको छ ।

हरिवननगरपालिका– १ भोक्टेनी निवासी झरीलाल यादवका २३ वर्षीय छोरा अरोज यादव ले हेलिकप्टर चार्टर्ड गरेर विवाह गरेको छ । मंलगवा नगरपालिका–३ निवासी श्यामबाबु रायको छोरी २१ वर्षीय छोरी गुडी यादव बुधावार हिन्दु परम्पराअनुसार बिवाह सम्पन्न भएको छ ।

विगत दुई बर्षदेखि फेसबुकबाट सुरुवात भएको चिनजान केही महिनामै प्रेममा परिणत भएको थियो । फेसबुकमा प्रोफाइल फोटो मनपरेपछि मैले दोस्तीको लागि अनुरोध गरेकोेथिए तर मैसेज गरेको ७ पछि मात्र रिप्लाई आएको दुल्हा अरोज यादवले बताए ।

फेसबुकमा नयाँ व्यक्तिको अनुरोध आएपछि मैले ३ दिनसम्म फेसबुकमा अनुरोध स्विकार नगरेको दुल्ही गुडीले बताइन् । केटा राम्रै हेरेपछि फेसबुक अनुरोध स्विकार गरी ७ दिनपछि म्यासेजको रिप्लाई गरे । म्यासेज रिप्लाई गरेसँगै हाम्रो फेसबुक च्याट सुरु भयो । दुवै जनाको कुरा र विचार मिल्न थालेपछि एक महिनानबित्दै हामी धेरै नजिकभए ।

उनले मलाई प्रोजोज गरेपछि मैले नाई भन्न नसेको दुल्ही गुडीले बताइन् । हामी प्रेम सम्बन्धमा आएपछि नियमित कुराकानी र भेटघाट हुनथाल्यो । करिब डेढ वर्षपछि प्रेम सम्बन्धपछि हामीले बिहे गर्ने निधो गरे । केटा पनि आफ्नै जातका भएकाले प्रेम बारे आ–आप्mनो अभिभावकलाई प्रेम सम्बन्धबारे बताउने निर्णय गरे ।

बिहेका लागि दुवैले आफनो अभिावकलाई भनेपछि सुरुमा अनाकानी गरे । तर, हामीकुनै शर्तमा अरूसँग बिहे गर्दैनौं भनेपछि अन्त्यमा अभिभावक सहमत भएको दुल्हा अरोज यादवले बताए ।छोरीले घरमा प्रेमबारे भनेपछि सुरु सुरुमा रिष समेत उठयो । तर, केटा आफ्नै जातको पढेलेखेको संस्कारी र घरपरिवार सबै राम्रै भएको थाहा पाएपछि आफू पनि बिहेका लागि सहमतभएको दुल्हीको बुबा श्यामबाबु रायले बताए ।

केटीपक्षको परिवार समेत राम्रो भएको र छोराले मन पराएपछि आफूले बिहेका लागि सहमतभएको दुल्हाको बुबाझरीलाल यादवले बताए । २ लाख रुपिया एउटा सामान्य परिवारकालागि धेरै ठूलो रकम भएपनि छोरा बुहारीले हेलिकोप्टर चढने चाहना देखाएपछि २ लाखखर्च गरेर हेलिकोप्टर चार्टर्ड गरेको यादवले बताए । छोराको बिहेमा हेलिकोप्टर चार्टड गर्न पाएकामा हाम्रो सबै परिवार नै खुसी रहेको र आफू गर्भ महसुस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस