घर मर्मत गर्न आएका मिस्त्रीसँग दुबै बुहारी फिदा, मौका छोपेर दुबै एकसाथ भागे !

भन्छन्, प्रेम अन्धो हुन्छ । मायाको नदीमा डुब्दा मानिसहरु त्यसको गहिराइको वास्ता गर्दैन ।भनिन्छ, मायाको कुनै सिमा र उमेर हुदैन । यस्तै एक रोचक प्रेम भारतमा देखा परेको छ । भारत, पश्चिम बङ्गालको हावडाबाट एउटा यस्तो घटना बाहिर आएको छ, जुन सुनेर चकित परिन्छ ।

घरमा आएका दुई जना मिस्त्रीसँग दुई महिलाको प्रेम महंगो पर्न गएको हो । सो घरका दुई महिलासँग मिस्त्रीहरुको प्रेम यति बढ्यो कि उनीहरु अन्तत भागेका छन् । पश्चिम बङ्गालको यो घटना सुन्दा मिस्त्रीको मायामा परेका घरका महिलाहरु देखेर सबै चकित छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार हावडाको निश्चिन्दा प्रहरी चौकी क्षेत्रका दुई राजमिस्त्री मर्मतको कामको लागि एउटा घर पुगेका थिए । त्यहाँ काम गर्दागर्दै घरका दुई बुहारीसँग उनीहरुको कुरा हुन थाल्यो । कुराकानी बिस्तारै मित्रतामा परिणत भयो । मित्रता बढेर प्रेममा परिणत भयो । उनीहरुको प्रेम यतिसम्म बढ्यो कि उनीहरु मिस्त्रीसँगै भाग्न पनि तयार भए ।

उनीहरु भागेर घरबाट मुम्बई पुगे । अब बुहारी घरबाट भागेपछि प्रकरण प्रहरीमा पुगेको छ । परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि सबै घटना बाहिर आएको हो । उनीहरुलाई पहिले मुर्शिदाबादस्थित मिस्त्रीको घरमा लगियो, त्यसको एक दिनपछि मुम्बई प्रस्थान गरेका हुन् । प्रहरीले मुद्दा दर्ता गर्दै दुवै महिलाको खोजी सुरु गरेको छ ।

प्रहरीबाट प्राप्त जानकारी अनुसार घरकी जेठी बुहारीको कल विवरण चेक गर्दा सबै कुरा खुलेको हो । प्रहरीले तत्कालै राजकुमारको घरमा छापा मार्यो तर कोही भेटिएनन् । दुवै राजमित्र घरका दुई बुहारीसहित फरार छन् । स्थानीय प्रहरीले ती व्यक्तिहरुको वास्तविक स्थान पत्ता लगाउने प्रयास गरिरहेको छ ।

घरकी जेठी बुहारीसँगै कान्छी बुहारी पनि ६ वर्षको बच्चालाई लिएर गइन् । योजना अनुसार घरबाट भाग्नुअघि उनले आफ्नो फोन स्वीच अफ गरेको बताइएको छ । जसको लोकेशन ट्रेस हुन सकेको छैन । जनबोलीबाट

प्रतिक्रिया दिनुहोस