काठमाडौं : कर णी मु’द्दा लगाउने ध’ ‘म्की दिँदै एक लाख नगद ठ’गी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र ३२ वर्षीय रहमान मियाँ रहेका छन् । रुबिनाले ३ मंसिरमा फोन गरी श्री’मा’नले मलाई क’र णी गरेको छ मु’द्दा मिलाउने हो भन्दै पी’डि’त’का श्रीमतीसँग चार लाख माग गरेकी थिइन ।
‘४ लाख नदिए भोलि नै क’र णी मु’द्दा ल’गा’ई जे’ल पठाइदिन्छु भनी बार्गेनिङ गरी १० मंसिरमा पी’डि’त’सँग एक लाख रकम लिई ठ’गी गरेको घ’ट’नामा सं’लग्न रहेका मध्ये रुबिनालाई १ पुसमा र रहमानलाई २१ मंसिरमा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तेस्तै अर्को समाचार मा गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए ।
महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर घोराही उपमहानगरपालिका-१० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन् । त्यसक्रममा उनले सडकमा अनौठो दृश्य देखिन् । दृश्य कस्तो भने व्यस्त बीच सडकमा दुई युवा छिटोछिटो पैसाको बन्डल टिपेर झोलामा राख्दै थिए । ती युवा अलि आ’त्तिएको र ह’ड’ब’ड गरिरहेको उनले ठ’म्या’इन् ।
त्यसपछि उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिन् । ‘कतैबाट पैसा हराएको सूचना आएको छ ?’ उनको प्रश्न भुईंमा खस्न नपाउँदै जवाफ आयो- छ ।’ त्यसपछि हतार हतार सडकबाट त्यो पैसा टिप्नेहरूको पैसा नभएको निष्कर्षमा उनी पुगिन् । र एउटा जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्नतर्फ लागिन् ।
हटलाइन नम्बर उठाउने प्रहरी कर्मचारीसँग उनले जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको नम्बर मागिन् । मोटरसाइकल नम्बर पनि टिपाइन् । सोधखोजकै क्रममा मोटरसाइकल धनीको पहिचान खुलेपछि प्रहरीले लगत्तै तुलसीपुर १२ कचिलाका निमबहादुर चौधरीलाई सम्पर्क गर्यो । रकम फे’ला पार्ने निमबहादुरले सुरक्षित ढंगले राखेका थिए । भेटिएको रकम डीएसपी रिजाल र प्रहरी निरीक्षक महतले संयुक्त रूपमा धनी शर्मालाई हस्तान्तरण गरेका थिए । राजधानी दैनिकबाट