पाकिस्तानमा हिन्दु मन्दिरमा तोडफोड

कराचीको रन्छोड़ लाइन क्षेत्रमा सोमबार हिन्दू मन्दिरमा तोड़फोड़ भएको छ। स्थानीय मीडिया रिपोर्ट अनुसार एक व्यक्तिले मन्दिरमा प्रवेश गरी हिन्दू देवी जोगमायाको मूर्तिलाई हिर्काएर नष्ट गऱ्यो।

भीड़ले आरोपितलाई समातेर पुलिसलाई सुम्प्यो। आरोपित विरूद्ध ईशनिन्दासित जुड़ेका धाराहरू अन्तर्गत मुदा दर्ता गरिएको छ। भारतीय जनता पार्टीका नेता मनजिन्दर सिंह सिरसाले घटनाको निन्दा गर्दै

यसलाई पाकिस्तानमा अल्पसंख्यकहरू विरूद्ध सरकार समर्थित आतङ्क बताएका छन्। हालका वर्षहरूमा पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरूको पूजा स्थलहरूमा हमला बढ़ेको छ। अऩ्तरराष्ट्रिय समुदायले लगातार यसको निन्दा गरेको छ।

भारतीय मुलकी यी महिलाले पाईन अमेरिकाको तिब्बती मामिला हेर्ने जिम्मेबारी

भारतीय मूलकी उजरा जेयालाई अमेरिकाले तिब्बती मुद्दाहरूको निम्ति विशेष समन्वयक नियुक्त गरेको छ। उनलाई तिब्बतमाथि बार्ताका लागि चीन र दलाई लामा वा उनका प्रतिनिधिहरूबीच सम्बाद प्रोत्साहन दिने जिम्मा सुम्पेको छ।

उजरा जेया आफ्नो कुटनैतिक कार्यमा नयाँ दिल्लीमा पनि कार्य गरि सकेकी छिऩ्। उनले 2018 मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको विरोधमा विदेश सेवा छोड़ेकी थिइन्। अहिले उनी नागरिक सुरक्षा, लोकतन्त्र र मानवाधिकारहरू हेर्ने अमेरिकी सचिव पनि हुन्।

जेया तिब्बती मुद्दाहरूसित सम्बन्धित अमेरिकी सरकारको नीतिहरू, कार्यक्रमहरू र परियोजनाहरूमा समन्वय गर्नेछिन्। अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले भने, मैले तिब्बत मुद्दाहरूको निम्ति संयुक्त राष्ट्रको विशेष समन्वयकको रूपमा उजरा जेयालाई नियुक्त गरेको छु। साथै उनले नागरिक सुरक्षा, लोकतन्त्र र मानवाधिकारको निम्त सचिवको रूपमा पनि काम गर्न जारी राख्नेछिन्। यसको निम्ति उनले 14 जुलाई 2021 मा शपथ लिएकी थिइन्। जेयाका हजुरबुबा एक स्वतन्त्रता सेनानी थिए। जेया जर्ज टाउन यूनिवर्सिटी स्कूल अफ फरेन सर्विसबाट स्नातक हुन्।

प्रतिक्रिया दिनुहोस