केही दिनसम्म नरिवलको तेलमा यो एक चीज मिलाएर लगाउनुहोस्, आफै देख्नुहुनेछ चमत्कारी लाभ

काठमाडौँ । कपाल झर्ने, समय नपुगी फुल्ने, रुखो हुने जस्ता समस्याले धेरैलाई सताइरहेको हुन्छ। यो समस्या रोक्नका लागि धेरैले धेरै केमिकलयुक्त बस्तुको प्रयोग पनि गरेका छौँ।

केमिकलको प्रयोगले कपाल झर्न रोक्न भन्दा पनि झनै कपाल झर्ने समस्या समेत थपिदिन सक्छ। त्यसैले यस्ता विभिन्न समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपायको प्रयोग गर्न सकिन्छ। यस्ता घरेलु उपायले कुनै साइड इफेक्ट नगरी कपाललाई लामो, बाक्लो र बलियो बनाउन सहयोग गर्दछन्।

कपाल लामो, बाक्लो र बलियो बनाउन यी उपाय अपनाउनुहोस् :

–निम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसको प्रयोग गर्नाले कपाल झर्न बन्द हुनेछ तथा नयाँ कपाल उम्रिनेछ र निकै बढ्नेछ।

–कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप गर्नाले कपाल उम्रिन्छ।

–कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस्। त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस्। नियमित रूपले यो तेलको प्रयोग गर्नुहोस्।

–कागतीको ताजा बोक्रालाई पानीमा हालेर बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस्। पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्दै जानुहोस्। यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्न पनि रोकिन्छ।

–कपालमा अमलाको रसले मालिस गर्नुहोस्। खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ।

–कपाल अधिक झर्न थाल्यो भने अफिमलाई गाईको ताजा दूधमा रगडेर पेस्ट बनाउनुहोस्। नुहाउनुभन्दा दुई घण्टाअघि कपालमा लगाउनुहोस्।

–लसुनको तेल लगाउनाले कपाल सुक्खा हुँदैन। कपाल झर्न रोकिन्छ।

–मासको दाललाई उमालेर सिलौटामा पिस्नुहोस्। टाउकोमा लेप गर्नुहोस्।

–सय ग्राम निमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्। यसले टाउको धुनुहोस्। टाउकोका फोकाहरू हट्नेछन्। साथै, खुइलिएको ठाउँमा कपाल उम्रिन थाल्नेछ। टाउको धोइसकेपछि निमको तेल लगाउनुहोस्।

–अनारको पात पानीमा पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ।

प्रतिक्रिया दिनुहोस