मलेसिया बाढी : बाढीका कारण ५० जनाको मृत्यु , हजारौं मानिसले छाडे घर

मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् । सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएको छ । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ। आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको छ । बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालिन सेवासमेत ठप्प रहेको छ ।

यो पनि, चीनमा पानीको सङ्कट बढ्दै जान थालेको छ । उत्तर चीनको अवस्था अरब देशको भन्दा पनि नराम्रो छ । चीनको यो पानीको सङ्कट एसियाका अन्य देशका लागि पनि चिन्ताजनक हुन सक्छ । चीनका हजारौँ नदी लुप्त भइसकेका छन् । तर औद्योगिकीकरण र प्रदूषणबाट बचेका पानीलाई पनि प्रयोग गरिएको छैन । चीनको जनसङ्ख्याले विश्वको २० प्रतिशत ओगटेको छ भने पानी ७ प्रतिशत मात्रै ।

केही अनुमानका अनुसार ८० देखि ९० प्रतिशत जमिनको पानी र यसको आधा नदीका पानी पिउन योग्य छैन । आधाभन्दा अधिक जमिनको पानी र एक–चौथाई नदी यति प्रदूषित भएका छन्, यसको उपयोग उद्योग वा खेतीका लागि समेत गर्न सकिन्न । विशेषज्ञका अनुसार पानीको कमीका कारण चीनमा बर्सेनी १०० अर्ब डलरभन्दा बढीको नोक्सानी हुने गरेको छ । यसले कृषि भूमिको ठुलो हिस्सा मरुभूमि बन्न गइरहेको छ ।

चीनमा पानीको सङ्कट बढ्दै जान थालेको छ । उत्तर चीनको अवस्था अरब देशको भन्दा पनि नराम्रो छ । चीनको यो पानीको सङ्कट एसियाका अन्य देशका लागि पनि चिन्ताजनक हुन सक्छ । चीनका हजारौँ नदी लुप्त भइसकेका छन् । तर औद्योगिकीकरण र प्रदूषणबाट बचेका पानीलाई पनि प्रयोग गरिएको छैन । चीनको जनसङ्ख्याले विश्वको २० प्रतिशत ओगटेको छ भने पानी ७ प्रतिशत मात्रै ।

केही अनुमानका अनुसार ८० देखि ९० प्रतिशत जमिनको पानी र यसको आधा नदीका पानी पिउन योग्य छैन । आधाभन्दा अधिक जमिनको पानी र एक–चौथाई नदी यति प्रदूषित भएका छन्, यसको उपयोग उद्योग वा खेतीका लागि समेत गर्न सकिन्न । विशेषज्ञका अनुसार पानीको कमीका कारण चीनमा बर्सेनी १०० अर्ब डलरभन्दा बढीको नोक्सानी हुने गरेको छ । यसले कृषि भूमिको ठुलो हिस्सा मरुभूमि बन्न गइरहेको छ ।

चीन सरकारले जल दक्षताको सुधारलाई बढाएको छ । तर सङ्कट रोक्न यो पर्याप्त छैन । डिसेम्बरमा मात्रै चिनियाँ अधिकारीले ग्वाङझोउ र सेनझेन यो वर्ष भीषण सुख्खा मौसमको सामना गर्ने बताएका छन् । जबकि यी दुवै क्षेत्र अपेक्षाकृत रूपमा पानीको मामिलामा भरपुर मानिएको सहर हुन् । सन् २००५ मा त्यति बेलाका चिनियाँ प्रधानमन्त्री वेन जियानबाओले भनेका थिए,‘पानीको कमीले चीनको अस्तित्वलाई खतरामा पारेको छ ।’ उनले पानीको प्रत्येक थोपाका लागि लड्नु आवश्यक भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस