आज देखि सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परिक्षा सुरु

माघ । स्थापनाको करिब ३० महिना पछि यातायत व्यावस्था तथा सेवा कार्यलय धनकुटाले आज शनिवारबाट सवारी चालक अनुमती पत्र लाईसेन्सका लाई प्रयोगात्मक परिक्षा सुरु गरेको छ । आज पहिलो दिन मोटर साईकल र स्कुटरका १ सय ५७ जनाले प्रयोगात्मक परिक्षा दिएको यातायत व्यावस्था तथा सेवा कार्यलय धनकुटाका प्रमुख बाबुराम शर्मा लुईटेलले जानकारी दिनु भयो ।

अहिले यस कार्यलय बाट साना सवारी मोटरसाइकल, स्कुटर,कार, ट्याक्टर, टेम्पो को लागि प्रयोगात्मक परिक्षा लिइने भएक पछि बस,डोजर, टिफर लगायतका सवारी साधानका लागि भने तत्काल प्रयोगात्मक परिक्षा नहुने कार्यलयले जनाएको छ ।

एपीएफको महिला टोलीलाई पहिलो टाइगर कपको उपाधि
काठमाडौं, १ माघ /त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।पोखरामा शनिबार सम्पन्न महिलातर्फको फाइनलमा आर्मीविरुद्ध एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा जित निकाल्यो ।

प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिसले जितेको थियो । यस पटक भने पुलिस चौथो स्थानमा रह्यो ।विजेता एपीएफले तीन लाख रुपैयाँ र उपविजेता टोली आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।महिलातर्फको तेस्रो स्थानका लागि न्यु डाइमन्ड एकेडेमी र पुलिसबीच शनिबारै प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल, साबिक विजेता पुलिस, एपीएफ, आर्मी र न्यु डायमन्ड गरी पाँच टोली सहभागी थिए ।मंसिर २६ देखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फ फाइनलमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस