काठमाडौंको कलंकीमा घट्यो डरलाग्दो घटना

काठमाडौं । काठमाडौंको कलंकीमा डरलाग्दो दुर्घटना भएको छ । शनिबार बेलुकी सवा ७ बजे बसको ठ’क्क’रबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको हो । मोटरसाइकल चालक घाइते भएका छन् ।

जानकारी अनुसार कलंकीबाट स्वयम्भु तर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८–प ७६१४ नम्बरको मोटरसाइकललाई ठ’क्क’र दिएको थियो ।

मृत्यु हुनेमा काठमाडौं मनमैजु बस्ने रुकुम पुर्व घर भएका २१ बर्षीय संगित बुढामगर रहेका छन् । प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा पौने ८ बजे मृत्यु भएको हो ।

अर्कोतिर दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौंको बसन्तपुर बस्ने रुकुम पुर्व घर भएका २३ बर्षीय विवित बुढामगरको सोही अस्पतालमा उपचार भईरहेको छ । ठ’क्क’र दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप कारबाही थालिएको छ ।

प्रतिक्रिया दिनुहोस