यो डरलाग्दो घटना : जहाँ एकै घरका ४ जना मान्छेको एकै पटक मृत्यु भयो

सुर्खेत । सुर्खेतमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए । ‘ हामीले शनिबार राति साढे सात बजेतिरमात्रै घटना बारे जानकारी पाएका थियौं,’उनले भने,‘ त्यसपछि प्रहरी घटनास्थलमा गएर अनुसन्धान गरेको थियो ।

घरका कल्पनाका ससुरा वीरबहादुर बुढा पनि थिए । तर उनी शनिबार विहानै वृद्धातिर गएको र बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि खोजी गरेको थिए,’ वीरबहादुर बुढाको भनाई उदृत गर्दै डीएसपी घर्तीले रातोपाटीसँग भने,‘ वीरबहादुर त्यसपछि बुहारी र नातिहरु सुतिराखेको कोठामा गए । ढोका लगाएको भित्रबाट आवाज नआएपछि वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए ।’

उनले भने,‘कोठाभित्र खाटमुनि कोइला बालेको मात्र देखियो। मृतक चारै जनाको मुखमा फिज देखिन्छ ।’

बेलुकी साढे ७ बजेतिर घटनास्थल पुगेका जनप्रतिनिधि र स्थानीयले घरको धोका फोडेका थिए । मृतकहरुलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको जानकारी प्रहरीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस