गोप्य सुचना पाएका प्रहरी जब कुइन्स रेष्टुराँमा जादा चार जना पुरुष यस्तो अबस्थामा फेला परे !

वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेष्टुराँबाट ला’गूऔ’ष’ध ब्रा’उ’नसु’ग’रसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको ला’गूऔ’ष’ध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्रा’उ’नसु’ग’रजस्तो देखिने खै’रो धु’लो प’दा’र्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त रेष्टुराँको क्याबिनमा ला’गूऔ’षध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच क्रममा ला’गूऔ’षध भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका ३० वर्षीय भूगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा नं १० बस्ने १८ वर्षीय युनिस नेपाली र ३ बस्ने १९ वर्षीय पूजा कार्की रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । चारै जनालाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस