२० र ४० बर्षका आमाछोरा मिलेर गरे सोच्नै नसकिने यस्तो काम ! कारण थाहा पाउँदा होस उड्छ

३ माघ, काठमाडौं । बाख्रा चराउन गएकी एक नाबालिकालाई जर्वजस्ती करणी गरी हत्या गर्ने दुई जना पक्राउ परेका छन् । ९ वर्षीय बालिकालाई जर्वजस्ती करणी गर्ने बारा आदर्शकोतवाल गाउँपालिका वडा नं. ८ टोल कोतवालीका २० वर्षीय सन्तोष साह कानु र हत्यामा सहयोग गर्ने उनकी आमा शान्तिदेवी कानुलाई प्रहरीले पक्राउ गरेका हो ।

पुस २५ गते दिउँसोको घरबाट बाख्रा लिई चराउन गएकी जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका वडा नं. ७ कोतवाली टोल बस्ने मोतिलाल साह कानुको छोरी रुपमाला कुमारी साह हराई बेपत्ता भएकी र पुस २७ गते मृत अवस्थामा फेला परेपछि प्रहरीको अनुसन्धानबाट सन्तोष साह कानुले जर्वजस्ती करणी गरेको तथा करणीपछि घाटी थिची हत्या गरेको र हत्या हुँदा उनकी आमा शान्ति देवीले प्रमाण नष्ट गर्न सहयोग गरेको देखिएको थियो ।

बारा प्रहरी कार्यालयका डिएसपी राजेश थापाका अनुसार आमा छोरालाई नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ । प्रहरीका अनुसार मृतक रुपमाला बाख्रा चराई रहेका बेला उनी खाने पानी लिन नजिकै रहेको बिन्देश्वर साह कानुको कुखुरा फारम तर्फ गएकी थिइन ।

त्यही क्रममा कुखुरा फराममा रहेका सन्तोषले जर्वजस्ती करण गरेको थिए । त्यसक्रममा रुपमाला चिच्याउन थालेपछि सन्तोषले घाटी थिचेर हत्या गरेका थिए । प्रहरीका अनुसार सन्तोषले हत्या गरेको स्वीकार गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्;

भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहना सहित पू्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्ता रहेका छन् । निजलाई प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकबाट लुकाई छिपाई भन्सार छलि ल्याएको अवस्थामा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना.३३ प ८५२६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको तेलको ट्याङकीभित्र फल्स बटन बनाई भन्सार छली ल्याएको करिब १२ लाख ४२ हजार ९ सय ७३ रुपैयाँ मूल्य बराबरको चाँदीको तयारी पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्ली समेतका गहनाहरू फेला पारी चालक गुप्तालाई पक्राउ गरेको हो ।

उनलाई बरामद चाँदीका गहना सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ ।

प्रतिक्रिया दिनुहोस