काठमाण्डौ उपत्यकामा स्मार्ट लकडाउन सरकारले जारि गर्यो यस्तो सूचना (आदेश सहित)

काठमाडौं : काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् ।

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका अनुसार सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन् । सबै प्रकारका गोष्ठि, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ ।

यस्तै कोष्टी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न प्रशासनले भनेको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन प्रशासनको सूचनामा भनिएको छ ।

धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने पनि प्रशासनको आदेशमा भनिएको छ । सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने लगायतका निर्णय पनि प्रशासनले गरेको छ ।

यस्तै काठमाण्डाै प्रशासनले जारी गरेको आदेशमा माघ ७ गतेदेखि भौतिक रुपमा उपस्थित हुनै पर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा बढी नहुने गरी खोप लगाएकाहरुलाई मात्रै उपस्थित गराउने उल्लेख छ ।
हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस