बालिकाको टाउकोमा प्रेसर कुकर फ’सेको डाक्टरले पनि नि’काल्न सकेनन्, पछि बा’ध्य भएर यसो गरि,यो ! (हेर्नुहोस् भिडियो सहित

एजेन्सी। भारत गुजरात स्थित भावनगरमा एक बालिका घरमा खेल्दै थिइन्। घरमा भएको प्रेसर कुकरसँग खेल्दा-खेल्दै यस्तो भयो की उनले आफ्नो टाउको कुकरमा घुसाइन। घरमा उनका परिवारजनले बालिकाको टाउको कुकरबाट निकाल्न अनेक प्रयास गरे।

उनीहरु लगाएका अनेक जुक्ति केहिले पनि कम गरेनन्। जसपश्चात उनीहरु बालिकालाई अस्पताल लैजान बाध्य भए। त्यहाँ डाक्टरहरुले पनि कुकरबाट बालिकाको टाउको निकाले प्रयास गरे। तर, उनीहरु पनि सफल हुन सकेनन्।

बालिकाको टाउको कुकरबाट निकाल्न अर्थोपेडिकदेखि बाल चिकित्सा विभागका डाक्टरहरु सबैले आफ्नो-आफ्नो तरिका अपनाए, सफलता भने कसैले पनि पाउन सकेनन्। आफूहरुले नसक्ने देखेपछि उनीहरुले भाँडा पसलको मान्छेलाई बोलाएर कुकर काट्न लगाए। सावधानीपूर्वक कुकर काटेपश्चात मात्रै बालिकाको टाउको निकालियो।

बताइएअनुसार घटना शुक्रबार को हो। बालिकाले टाउको कुकरमा फसाएपछि आफू तथा डाक्टरहरुले गरेका सबै प्रयास असफल भएको परिवारजनले बताए। भारतीय संचार माध्यमहरुका अनुसार बालिकाको टाउको कुकर भित्र १ घण्टा भन्दा बढी अड्किएको थियो।

कुकर काटेर निकाले पश्चात बालिकाको टाउकोमा हल्का चोट लागेको र टाउको सुन्निएको पाइएको डाक्टरहरुको भनाई छ। बालिका अहिले डाक्टरहरुको निगरानीमा छिन्। तलको लिङ्कमा क्लिक गरी हेर्नुहोस भिडियो…

प्रतिक्रिया दिनुहोस