आज बुधबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

माघ ५ गते । आज बुधबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीकाे भाउ तोलामा ३० रुपैयाँले बढेकाे छ । आज चाँदीको भाउ ताेलामा ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कुर्कचा फु`टेर हैरान हुनु भएकाे छ भने, जान्नुहोस् यि घरेलु तरिका !
कुर्कुच्चा फु-टेर बाक्लो अनि कडा सेतो छालाको ले-उ लाग्ने समस्याले अधिकांशलाई सताइरहेको हुन्छ। वृद्धवृद्धाहरूलाई मात्रै नभएर युवा तथा प्रौढहरूमा पनि यस्तो समस्या आउन सक्दछ । सबैले यसलाई ‘कुर्कुच्चा फु-टेको’ भन्छन्, तर खासमा यो ‘फु-टेको’ होइन ।

यहि नै शरीरको प्रतिरक्षा प्रणाली हो तर यसलाई बेलैमा सफा नगरे, यसले विकराल रूप लिन सक्छ र निको नहुने गरी त्यहिँ टाँस्सिएर बस्न सक्छ । जब हाम्रो शरीरको कुनै अङ्ग र अर्को कुनै कडा वस्तुको नियमित घर्षण भइरहन्छ भने हाम्रो को-मल अनि नरम छालाले आफूलाई त्यस वस्तुबाट बचाउनको लागि कडा छालाको रक्षात्मक बाँध लगाउँदछ ।

यो कडा छालालाई ‘क्यालस’(callus) भनिन्छ र यो विशेष गरी खुट्टा र हातमा आउने गर्दछ। यस्तो कडा छालालाई हटाउनको लागि समय लाग्न सक्छ, तर असम्भव भने छैन। केहि प्राकृतिक, सस्तो र घरेलु उपायहरू छन्, जसले हात र खुट्टाको क्यालसलाई हटाउनमा मद्दत गर्दछ जुन निम्न रहेका छन्:-

१) भुइँकटहर:- भुइँकटहर तास्नेबित्तीकै त्यसको बोक्राले फु-टेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस् । केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र १ हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र ए-सिडले फु-टेको ठाउँलाई निको बनाउँदछ ।

२) चिनी:- आधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस् ।त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस् । यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ ।यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फु- टेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ ।

३) बेकिङ्ग सो-डा:- फु-टेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ नै हो । यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ । साथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सो-डा मिसाएर पनि कुर्कुच्चालाई त्यसमा डु-बाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस