टन्सिल भयाे भनेर आउनुहुन्छ, तर पीसीआर परीक्षण गर्दा काेराेना देखिन्छ : डा. रक्षा गौतम

काठमाण्डाै – मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि तीव्र गतिमा बढिरहेको छ । आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो की कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । अल्का अस्पताका चिकित्सक डा रक्षा गौतम आफूमा काेराेनाकाे जस्ताे लक्षण देखिएमा पीसीआरु परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । ओमिक्राेनलाई सामान्य रुपमा हेर्न नहुने उहाँकाे भनाइ छ ।

यही विषयमा डा. रक्षा गौतमसँग गरिएकाे कुराकानी :

अहिले अस्पतालहरुमा मौसमी रुघाखोकीको बिरामीकाे चाप कस्तो छ ?
मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरुको चाप धेरै बढेको छ । गएकाे दुईहप्ता देखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन, चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आइरहनु भएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड १९ को बिरामीहरुको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ दिनदिनै बढेको देखिराछौँ ।

लक्षणका आधारमा आम सर्वसाधारणले काेभिड १९ काे डेल्टा हाे कि ओमिक्राेन कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?
मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चीसोले हुने रुघाखोकी) हो, कमन कोल्डको आधारभूत लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीहरुलाई । सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस