गाउँको यस्तो नाम जुन लेख्न भन्न नै लाजमर्दो, इन्टरनेटमा यो नाम सर्च गरे आइडी नै हुन्छ ब्लक

काठमाडौं । ‘हाम्रो गाउँ हाम्रो पहिचान’ हामी जहाँ जान्छौं, आफ्नो गाउँको पहिचान लिएर जान्छौं ।हामी गर्वका साथ आफ्नो गाउँको बारेमा मानिसहरूलाई बताउँछौं । तर संसारमा एउटा यस्तो गाउँ छ, जसको नाम गाउँलेहरू लिन पनि चाहँदैनन् ।

त्यहाँका मानिसहरूलाई आफ्नो गाउँको नाम लिन निकै ला ज लाग्छ । अहिले त्यहाँका गाउँलेहरूले यस गाउँको नाम परिवर्तन गर्न खोजेका छन् ।सोच्नुहोस् यो गाउँको यस्तो नाम छ, जुन तपाईले सामाजिक सञ्जालमा लेख्न पनि सक्नुहुन्न । डेली स्टारको रिपोर्ट अनुसार यस गाउँको नाम ‘फक्के’ हो, जसलाई सार्वजनिक रुपमा बोल्न, लेख्नुलाई गलत मानिन्छ ।

यस नामलाई लिएर सामाजिक सञ्जालमा सेन्सरशिप छ ।यदि तपाईले यो नाम लेख्नुभयो भने तपाईको आईडी ब्लक हुनेछ । त्यहाँका गाउँलेहरु यो गाउँ सुखी र शान्त रहेको विश्वास गर्छन् । तर यस नामका कारण मानिसहरुलाई धेरै दुःख हुने गरेको छ ।

चाहेर पनि सामाजिक सञ्जालमा आफ्नो गाउँको नाम लेख्न नसक्ने यस गाउँका मानिसहरूको गुनासो छ । भनिन्छ, इतिहाससँग नाम जोडिएको हुन्छ तर कहिलेकाहीँ मान्छे समस्यामा पर्छन् ।

प्रतिक्रिया दिनुहोस