यिनै हुन् खेसरिलाल यादब !जो सुनसरी महोत्सवमा नआउदा यस्तो सम्म भयो

काठमाडौँ — सुनसरीको बर्जु तालस्थित बर्जु महोत्सवमा भारतको बिहारका चर्चित कलाकार तथा गायक खेसारीलाल यादव नआएको भन्दै आक्रोशित समूहले महोत्सवको मञ्च नै तोडफोड गरेका छन् । यसअघि महोत्सवमा कलाकार खेसरीलाल आउने भन्दै आयोजकले व्यापक प्रचार गरेको थियो । उनलाई हेर्न दर्शकहरू मंगलबार बिहानैदेखि महोत्सव स्थल पुगेका थिए ।

तर कलाकार यादव अचानक नआउने भएपछि असन्तुष्ट दर्शकहरूले मञ्च नै तोडफोड गरेका हुन् । साथै कार्यक्रम स्थलमा गाडीमा समेत आगजनी गरिएको स्थानीयहरूले बताएका छन् ।

स्थानीयहरूले घटनाबारे सामाजिक सञ्जालमा समेत असन्तुष्टि पोखेका छन् । उनीहरूले २ सयदेखि ३ सयको टिकट काटेर बसेका थिए । सुनसरी प्रहरीले भने महोत्सवमा केही समूहले हुल्दंगा गरे पनि अहिले सामान्य बनेको जनाएको छ । अवस्था नियन्त्रणमा आइसकेको प्रहरीको भनाइ छ ।

घटनामा मानवीय तथा अन्य भौतिक क्षतिको यकिन विवरण आइसकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेको जिल्ला प्रहरीले जनाएको छ । नेपाल सरकारले यसअघि नै कोरोना संक्रमण नियन्त्रणका लागि देशभर मेला तथा महोत्सव गर्न रोक लगाएको छ । साथै २५ जना भन्दा बढी मानिसको जमघटमा पनि सरकारले रोक लगाएको छ ।

यस क्षेत्रमा बिहारी कलाकार खेसरीलाल निकै चर्चित मानिन्छन् । तर कार्यक्रममा उनी नआएपछि प्रशंसकहरूले आक्रोशित हुँदै स्टेज तोडफोड गरेका हुन् । त्यसो त जिल्ला प्रशासन कार्यालयले कोरोनाको जोखिम बढ्नसक्ने भन्दै उक्त कार्यक्रम नगर्न आदेश दिएको थियो । बर्जु गाउँपालिकाको नाममा पत्र पठाउँदै महोत्सव नगर्न प्रशासनले निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस