स्वस्तिमा खड्काको अहिले सम्मकै हट भिडियो सार्वजनिक

पछिल्लो समय नेपाली कलाकारहरुले अन्तर्राष्ट्रिय कला क्षेत्रमा पनि धेरैले काम गर्ने मौका पाईरहेका छन। नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको भनिएको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर केही दिन अघि सार्वजनिक भैसकेको छ

मलयालम भाषाको यो फिल्मको ट्रेलर बिहीबार सार्वजनिक भएको थियो। दुई मिनेट ४१ सेकेन्डको ट्रेलर ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन्।

ट्रेलर संगै निर्माण पक्षले यस फिल्मको ‘रङ्ग बिरंगि’ बोलको गीतको टिजर पनि सार्वजनिक गरेको छ। सायना म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको टिजरमा स्वस्तिमा खडका आईटम गर्ल डान्सरको रुपमा देखिएकी छिन।

पूरा फिल्मा स्वस्तिमाको अभिनय छ या छैन अथवा कति छ अनुमान लगाउन नसकेपनी ४४ सेकेन्डको उक्त टिजरबाट यो अनुमान लाउन सकिन्छ कि उक्त गीतमा चाहिँ आईटम गर्ल डान्सरको रुपमा स्वस्तिमाको नै मुख्य भुमिका रहेको छ।

सुनिधी चौहानको स्वर रहेको गीतमा बिबेक मुहाखुन्नुको शब्द रहेको छ भने श्रीजिथ एदाभनाको संगीत रहेको छ। भिडियोको कोरियोग्राफी भने दिनेश मास्टरले गरेका छन।

प्रतिक्रिया दिनुहोस