पहिलो भेटमै प्रेम बस्यो र विवाह गरे, एक महिना पछि श्रीमती पो र्न स्टार भएको थाहा भयो

जिवनमा कल्पना नगरेको कुराको खुलासा भयो भने पक्कै पनि त्यसले हलचल ल्याउँछ । एक व्यक्तिलाई पहिलो नजरमा नै एक युवतीलाई मन पराए । उनीहरु एक रियालिटी शो मा भेट भएका थिए । त्यही क्रममा उनीहरुले विवाह पनि गरे । तर विवाह भएको एक महिनामै उनका श्रीमानलाई थाहा भयो श्रीमती पो र्न स्टार थिइन् । यो घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्ससंग २६ वर्षका जोश नाम भएका युवकले विवाह गरेका थिए ।

उनलाई एक नजरमै एमी मन पर्यो । इ–४ को शो (म्यारिड एट फर्स्ट साइट) रियालिटी शो मा भाग लिनुभन्दा अघि एमीले कम बजेटका थुप्रै त्यस्ता फिल्ममा काम गरिसकेकी थिइन् । जुन कुरा उनका पतिलाई थाहा थिएन । एमीले ‘ब्रान्डी ब्रेवर’ नाम प्रयोग गरिन् र थुप्रै ए ड ल्ट फिल्ममा कलाकारको रुपमा काम गरेकी थिइन् । उनलाई आफ्नो अतित बारे संधै चिन्तित पनि बनाउँथ्यो । उनले पहिलो पटक त्यस्तो फिल्ममा काम गरिन् जति बेला उनको उमेर २५ वर्षको थियो ।

एमीको अतितबारे थाहा पाएपछि उनका श्रीमान् जोशका साथीले भने, ‘उनलाई ‘जोश’ यसै हप्ता एमीको पृष्ठभूमिबारे थाहा भयो । पहिल्यै नै यसबारे जानकारी पाउन आफू चुकेको जोश बताउने गर्छन् । अब उसले ‘हामी सबैको एउटा अतित हुन्छ’ भन्ने बारे विचार गरिरहेको छ ।’

यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्, ‘एमी एक पो र्न स्टार थिइन् र सधैं आफ्नो फिल्ममा भएको भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन् । तर अब सबैकुरा विगत भइसकेको छ ।’ ‘आफ्नो विगतले उनलाई सधैं पो ल्ने गर्दथ्यो,’ उनले भनिन् ।​ एमीकी साथीले भनिन्, ‘यो त्यस्तो कुरा हो जुन नयाँ साथीलाई भनिहाल्न सकिँदैन । यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस् ।’

जुन कार्यक्रममा एमी र जोशे सहभागी भएका थिए । त्यसमा जोडी सिधै विवाहको मण्डपमा भेट्छन् । उनीहरु पूर्ण रुपमा एकअर्कासँग अपरिचित हुन्छन् । अपरिचितको रुपमा नै विवाह गर्छन् र हनिमुनमा जान्छन् ।

त्यसपछि एक–अर्कालाई राम्रोसँग चिनेपछि संगै बस्ने नबस्ने भनेर निश्चित गर्छन् । यस्तै यो कार्यक्रममा एमीले जोशलाई भेटेपछि आफू चन्द्रमामा भएको जस्तो महसुस गरिरहेको बताएकी थिइन् । त्यतिबेला उनलाई इन्गेजमेन्ट गरिसकेका प्रेमीले छोडिदिएका थिए । हाल प्रसारणमा नै रहेको यो शोमा यी दुई सँगै बस्न थालेपछि आजकाल विवाद हुन थालेको छ । एमीको असाध्यै मुड स्वि ङ हुने कुरा जोशलाई मन नपरेको बताउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस